६ श्रावण २०८३, बुधबार

 

म्याग्दीमा जनप्रतिनिधिकै काम विवादित, राउण्ड धौलागिरी पदमार्गमा अनियमितताको आरोप

म्याग्दीको धौलागिरी गाउँपालीका ४ मा पर्ने धौलागिरी चक्रिय पदमार्गको पूर्वाधार निर्माण सम्बन्धि योजनामा अनियमितता भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । म्याग्दीको धौलागिरी गाउँपालीका ४ मा पर्ने धौलागिरी चक्रिय पदमार्गको पूर्वाधार निर्माण सम्बन्धि योजनामा अनियमितता भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

बगरा गाउँका बासिन्दाले उपभोक्ता समिति र सम्बद्ध कार्यालयका कर्मचारीको मिलेमतोमा पदमार्ग निर्माणका क्रममा ईस्टिमेट भन्दा कम परिणामको काम भएको र श्रमिकले ज्याला नपाएको गुनासो गरेका हुन् ।

बगरा गाउँ हुदै दाप्चादेखि दोभान खण्डसम्म घोरेटो बाटो (पदमार्ग) निर्माणका लागि पर्यटन कार्यालय पोखराको पाँच लाख रुपैया अनुदानमा सञ्चालित योजनामा गरेको कामको भन्दा बढी खर्च देखाएर बजेट दुरुपयोग भएको स्थानीयको भनाई छ ।

स्थानीय बासिन्दाले दुई हजार तीन सय मिटर पदमार्ग निर्माण हुनुपर्नेमा तीन सय मिटरको हाराहारीमा मात्र पदमार्ग बनाएर सबै बजेट भुक्तानी लिएको उपभोक्ता समितिले काम गरेका मजदुरलाई ज्याला समेत नदिएको गुनासो गरेका छन् ।
“आम्दानी खर्च विवरण सार्वजनिक गर्न र काम गरेकालाई ज्याला दिन अनुरोध गर्दा समेत सुनुवाई भएन्” सामाजिक सुरक्षाका कारण नाम सार्वजनिक नगर्न अनुरोध गर्दै बगराका एक स्थानीयबासीले भने ।

पर्यटन कार्यालय पोखराका प्राविधिक बिजय सुवेदीले उपभोक्ता समितिले ईस्टिमेट अनुसारको काम गरेको प्रतिवेदन, बिल भरपाई, वडा कार्यालयको सिफारीस अनुसार सबै बजेट भुक्तानी लगेको बताए ।

वडा सदस्य समेत रहेका उपभोक्ता समितिका अध्यक्ष बमबहादुर पुनले लक्ष्य अनुसारनै दुई हजार तिन सय मिटर पदमार्ग निर्माण भएको दावी गरे । आफू स्वास्थ्यका कारणले गाउँमा जान नसकेकाले आफन्त मार्फत ज्याला समेत पठाईसकेको बताउदै उनले स्वास्थ्यमा सुधार भएपछि गाउँमा गएर हिसाब सार्वजनीक गर्ने बताए ।

नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित पुनले विरोधीहरुले राजनीतिक पूर्वाग्रहले आफूलाई बदनाम गर्न खोजेको दावी गरे । सो पदमार्ग भएर संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर पुग्न सकिन्छ । धौलागिरी चक्रिय पदमार्गमा व्यवस्थित बाटो र झोलुङ्गे पुल प्रमुख समस्याको रुपमा रहेको छ ।

सो पदमार्गमा गत आर्थिक वर्ष २०७३/७४ मा पर्यटन कार्यालयको अतिरिक्ति जिल्ला समन्वय समिति मार्फत सात लाख र वडा कार्यालय मार्फत एक लाख पचास हजार रुपैयाको छुट्टा छुट्टै थप दुई वटा पदमार्ग निर्माण सम्बन्धि योजना सञ्चालन भएको थियो ।

पर्यटन वोर्डले समन्वय समिति मार्फत उपलब्ध गराएको सात लाख रुपैयामा राचिस–चौरवन खण्डमा दुई हजार ३०० मिटर बाटो निर्माण भएको छ । साविक मुदी गाविसको एक लाख ५० हजार रुपैयाँ सहयोगमा तिन वटा काठको अस्थाई पुल र दुई सय मिटर पदमार्ग निर्माण छ । तिन वटा निकाय मार्फत प्राप्त अनुदानको छुट्टा छुट्टै उपभोक्ता समिति मार्फत योजना सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung