
नेपाली सेनाले मानव सेवा आश्रम बागलुङमा मंगलबार स्वास्थ्य परिक्षण शिविर गरेको छ । सेनाको २३ नम्वर बाहिनि फिए मेडिकल युनिट बागलुङको आयोजना तथा प्राविधिक सहयोगमा आश्रममा वस्दै आएका १३ जनाको स्वास्थ्य परिक्षण गरिएको हो ।
विभिन्न कारणले आफन्तदेखि टाढा भएर साहराविहीन भएकाहरुलाई मानव सेवा आश्रममा राखिएको छ । आश्रममा रहेकी ४ महिनाका सुत्केरी उनको बच्चा सहित ३ पुरुष र १० जना महिलाहरुको रक्तचाप, नाक कान, घाँटी, तौल पेटका समस्या लगायतको परिक्षण गरिएको आश्रमका अभिभावक मनिष रायमाझीले जानकारी दिए ।
स्वास्थ्य परिक्षणको क्रममा कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या तथा रोगहरुको संक्रमण नरहेको २३ नम्वर बाहिनि फिए मेडिकल युनिटका संयोजक डाक्टर राहुजंग रायमाझीले बताए । परिक्षणका क्रममा देखिएका सामान्य समस्याको निदानको लागि आवस्यक सबै खालका औषधिहरु बितरण गरीएको युुनिटले जनाएको छ ।
स्वास्थ्य परिक्षण पछि बोल्दै डाक्टर रायमाझीले समयानुकुल आश्रममा बस्ने मानिसको स्वस्थ्य परिक्षण आवश्यक हुने भएकाले अव निरन्तर रुपमा सेवा प्रदान गर्ने प्रविद्धता जनाएका थिए । कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक मनिष रायमाझीको स्वागत तथा अभियान्ता सुमिरा लामाको संचालनमा सम्पन्न भएको थियो ।