३१ बैशाख २०८२, बुधबार

 

युवाहरुलाई अभिभावकले समय दिनुपर्छ –डा.ओझा

 हामीले हाम्रो संस्कार संस्कृतिलाई भुल्नु हुदैन । अहिलेका युवाहरुलाई परिवार संगै घुलमिल गराएर सामाजिक वातावरण दिनुपर्छ । युवाहरुलाई हामीले प्रायप्त समय दिनुपर्छ । अभिभावकले बच्चाहरुलाई सहि ढङ्गले पालन पोषण नगर्दा बच्चाहरु लागु औषध दुव्र्यसनमा लागेका छन । जसले गर्दा जिन्दगिमा अकल्पनिय घटनाहरु घटेका छन ।
अव हामीले रोकथामको लागि मानसिक,शाररिक,सामाजिक र आध्यात्मिक चेतना जगाउनु पर्ने डा.ओझाको भनाई रहेको छ । लागुऔषध दुव्र्यसन रोकथाम विषयक अन्तरक्रियामा त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालका मानसिक स्वास्थ्य विभागमा प्रमुख डा. सरोजप्रसाद ओझाले बताए । हामीले बागलुङलाई आर्थिकको साथ साथै स्वास्थ्य सुविधाको हिसावले पनि केन्द्र बनाउनु पर्छ ।

 सरकारी, निजि र सहकारी सवै मोडेलका स्वास्थ्य संस्थालाई बलियो बनाउनु पर्छ । अस्पतालमा सेवा सुविधा थप्नुका साथै बेडको संख्या बढाउनु पर्छ । अव बागलुङ पहिला जस्तो रहेन आदि घण्टाको दुरिमा तिन सदरमुकाम जोडिएको छ, दुई घण्टामा हामी गलकोट पुग्न सक्छौं । पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरले गर्दा बागलुङ व्यवसायका साथ साथै पर्यटकिय, शैक्षिक र स्वास्थ्यको केन्द्र बन्दै गईरहेको छ । अव हामीले बागलुङमा मेडिकल विश्वविद्यालयको परिकल्पनामा हामी लाग्नुपर्ने डा.ओझाको भनाई थियो ।
  उक्त अन्तरक्रियामा बोल्दै राष्ट्रिय एचआईवि एड्स तथा यौन जन्य रोग नियन्त्रण महाशाखाका निर्देशक डा. तरुण पौडेलले बागलुङलाई स्वास्थ्य सुविधाको केन्द्र बनाउनको लागि बागलुङबासी एकजुट भएर लाग्नु पर्दछ । अहिलेका युवाहरुलाई लक्षित गरेर हामीले प्रभावकारी कार्यक्रम ल्याउनु पर्दछ । लागुऔषध दुव्र्यसनमा लाग्नु भन्दा अगाडीनै त्यस्तो वातावरण निर्माण हुन नदिन हामी सवै लाग्नु पर्दछ ।

उक्त कार्यक्रममा अञ्चल प्रहरी कार्यालय प्रमुख विक्रम गुरुङ, जिसस संयोजक राजेन्द्र ढुङ्गाना , धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सागर राजभण्डारी, बानपा ३ का वडाध्यक्ष लक्ष्मी बास्कोटा, राष्ट्रिय उपभोत्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, संजय खड्का र प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले मन्त्यव्य व्यक्त गरेका थिए । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका उप महासचिव उमाकान्त शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung