बाबुराम भट्टराई नेतृत्वको नयां शक्ति पार्टीका आगिंक संगठनहरु माओवादी केन्द्र संघ धुर्विकरण भएका छन् । शनिबार काठमाडौमा भएको वृहत धुर्विकरण कार्यक्रममा नयां शक्ति पार्टीका सवै आगिंक संगठन र काठमाडौ जिल्ला कमिटि नेकपा माओवादी केन्द्रमा समाहित भएको धुर्विकरण अभियानका नेता कुमार पौडेलले जानकारी दिए ।
दलित शक्ति नेपालका संयोजक शुशिला सेर्पाइली, महिला शक्ति नेपालका लङ्जम शेर्पा, समाजवादी ट्रेड युनियनका जोकमान लामा, युवा संगठनका राजु लामा, नेपाल प्रेस सोसाईटिका योगेन्द्र प्रताप शाहि, नयां शक्ति विद्यार्थि युनियनका लक्ष्मी प्रसाद जोशी, शिक्षक संगठनका दल वहादुर वि.सी, प्राध्यापक मञ्च नेपालका सुर्य वहादुर थापा, स्वास्थ्यकर्मि समाजका लिला प्रसाद भण्डारी, नेपाल प्रगतिशिल कानुन व्यवसायि एशोशियसनका विश्व प्रकाश भण्डारी, सुकुम्वासी व्यवस्थापन संघका लिला वहादुर मोक्तान, ईन्जिनियरीङ समाजका प्रकाश अधिकार, नयां शक्ति समाजवादी खेलकुद महासंघका राकेश कुमार लामा, राष्ट्रिय उद्योग वाणिज्यका बावुराम पोख्रेल, समाजवादी किसान महासंघका वाशु उपाध्याय, समृद्धि सांस्कृृतिक संघका गोपाल ढु¨ेल र काठमाडौ जिल्ला कमिटिको, विदुर खड्काले आ आफ्नो संगठनको संयोजन गर्दै सयौं जना माओवादी केन्द्रमा धुर्विकरण भएको पौडेलले जानकारी दिए ।
धुर्विकरण कार्यक्रममा माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामवहादुर थापा वादलले देशमा अझै निर्यायक क्रान्ति हुन वाकिं रहेको हुदां धुर्विकरण आवश्यक भएर यो अभियानमा लागेको बताए । केहि उपलव्धि भैसकेका छन्, तिनलाई व्यवस्थित गर्नु र वाकि उपलव्धि हासिंल गरी सर्वहारा एवं श्रमजिवि वर्गहरु, राष्ट्रियताको सवाल, पहिचानहरुको व्यवस्थापनको लागि क्रान्ति गर्न वाकिं भएको वताए ।
विगतका धुर्विकरणले देशमा धेरै परिवर्तन सम्भव भयो र अव बाकिं परिवर्तनको उपलव्धिको लागि फेरी धुर्विकरण अभियान थालिएको र यो अभियानले अव निर्यायक क्रान्ति गर्ने ठोकुवा गरे । राजनितिक अस्थिरताले मुलुक आर्थिक विकास र समृद्धितिर जान नसकेको वताउदै नेता बादलले क्रान्तिकारी शक्तिहरुको एकता गर्दै समाजवादी क्रान्तितर्फ अघि वढ्न राजनितिक तथा वैचारिक धुर्विकरणलाई ति

व्र वनाउनु पर्छ, उनले भने ।
धुर्विकरणमा समाहित भएका सवै संगठनहरु हरुलाई कार्यदलले उच्च सम्मानका साथ जिम्मेवारी दिएर अघि वढ्ने पार्टीको निति छ अव ढुक्क भएर केन्द्र र प्रदेशको निर्वाचनमा खटिनुस नेता वादलले भने ।
त्यसैगरी धुर्विकरण अभियानका संयोजक तथा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले अझै छरिएर रहेका
कतिपय शक्ति केन्द्रहरुलाई एकै ठाउंमा ल्याएर यहि पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गरी देशलाई समृद्धि तर्फ अघि वढाउने वताए ।
नेता पौडेलले भने “यो अभियानमा खासगरी यथास्थितिवादीहरु र प्रतिगामि शक्तिहरु हावी नहुन भन्नको निम्ति पनि आधारभुत रुपमा एजेण्डा मिल्ने हरुका विच धुर्विकृत हुदै जानु अहिले सान्र्दभिक छ र अझ तिव्र पारीन्छ ।
उनले भने” , यो अभियानमा ढिलो या चाडो डा बावुराम भट्टराई पनि आउनु हुन्छ, म विश्वस्त छु ।



















































































































































































































