३१ बैशाख २०८२, बुधबार

 

चेतना र शैक्षिक अभावका कारण परीवार नियोजन अपेक्षाकृत हुन सकेन

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चौठो परीवार नियोजन दिवश मनाईएको छ । “व्यवस्थित परीवार स्वास्थ्य र विकास भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्नभएको हो ।पछ्रिल्लो समयमा समेत आर्थिक समस्या, चेतनाको अभाव र शैक्षिक अभावका कारण परीवार नियोजन प्रक्रिया अपेक्षाकृत रुपमा प्रभावकारी नबनेको अवस्थामा यसलाई सब माझ चेतनाको रुपमा फैलाउने उदेश्यका साथ यो कार्यक्रमको
आयोजना गरीएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सुनिल जैसवालले बताए ।

ढोरपाटन नगरपालीकाका निर्वाचित पदादिकारी, स्वास्थ्य स्वयम सेविका, पत्रकार चिकित्सक बिचको एक अन्र्तक्रिया कार्यक्रमका अबसरमा बुर्तिबाङ क्षेत्रमा परीवार नियोजन र अस्थाई साधनको प्रयोग गर्नेको संख्या पचास प्रतिशत समेत पुग्न नसकेको बताईएको छ । बार्षिक रुपमा दुई सय देखि दुई सय पचास सम्मले गर्भपतन गराउने संख्या रहेको तथा तीन महिने पिल्स चक्कि खानेको निरन्तर संख्या मासिक ९० जना, नँया संख्या ६९ जना, डिपो प्रयोग गर्ने ८८ जना, आयुसिडि १० जना, ईन्प्लान्ट प्रयोग गर्ने ७९ जना र बार्षिक रुपमा बार्षिक ४० हजार कण्डम प्रयोगका लागि लग्ने गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य संस्थाका स्टाफनर्स पावर्ती अर्यालले तथ्याङक प्रस्तुत गरेको थिईन ।
कार्यक्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सुनिल जैसवालको अध्यक्षता, ढोरपाटन नगरपालीका उपप्रमुख कर्मती पुनको प्रमुख आतिथ्यता, वड १ का अध्यक्ष चित्र भण्डारी, वडा २ का अध्यक्ष युवराज महत, वड ३ का अध्यक्ष हेमेन्द्र घर्ति, बुर्तिबाङ आर्युवेद औषधालयका प्रमुख हरीलाल पाध्या, मेडिकल अधिकृत ड. विजय श्रेष्ठ , पत्रकार छविलाल पाण्डे लगाएतको आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथी कर्मती पुनले बोल्दै शिक्षा र चेतनाको अभाबमा ग्रामिण क्षेत्रमा अझै पनि परीवार नियोजनको बिषय प्रभावकारी नभएको बताउँदै यस्ता कार्यक्रममा सबै गा्रमिण क्षेत्रका महिला स्वयमसेविकालाई सहभागि गराउँदै गाँउघर क्लिनिक मार्फत प्रभावकारी रुपमा अगाडि
बढाउनु पर्ने बताईन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung