नेपाली जनसम्पर्क समिति जापानको निमन्त्रणामा जापान गएका कांग्रेसका युवा नेता प्रदीप पौडेल कार्यक्रममा सहभागि हुन भने पाएनन्। उनी हानेदा विमानस्थलमा अवतरण गरेपछि एयरपोर्टबाट बाहिर निस्कनुअघि नै काठमाडौं फर्किए।
पौडेलले विमानस्थलमा आफुमाथि अध्यागमनका कर्मचारीले केरकार गरेपछि नेपाल फर्किएको बताएका छन्। उनले आफु सार्वजनिक व्यक्ति भएका कारण आफुमाथि गरिएको केरकारलाई ‘हरियो पासपोर्ट बोक्ने धेरै नेपालीले व्यहोर्नुपर्ने नियति’ भनेका छन्।
घटनाप्रति खेद व्यक्त गर्दै पौडेलले यस विषयमा जापानी दूतावाससँग औपचारिक धारणा लिने बताएका छन्। पढ्नुस् पौडेलले जारी गरेको विज्ञप्ति :
थाहाखबरबाट



















































































































































































































