निसीखोला गाउँपालिका–३ बोहरागाउँमा बुधबार कृषि विकास समिती र वन संक्षरण समितिको भेला संगै नव समिति गठन भएको छ ।
शिव चन्दको अध्यक्षता मा १७ सदस्यीय कृषि विकास समितिको गठन गरेको छ । जसको सचिवमा इश्वरी कडेल र कोषाध्यक्षमा भटुकुमारी चन्द र अन्य सदस्यहरु रहेका छन ।
वन विकास समितिमा रेशम विश्वकर्माको अध्यक्षता मा ९ सदस्यीय समिति गठन भएको छ । जसको सचिवमा जित बहादुर चन्द र कोषाध्यक्षमा भानसिंह घर्ती मगर सर्वसहमत चयन भएका छन ।उक्त भेलामा वडा अध्यक्ष जुन बिक्रम शाहीले नव गठित समितिलाइ शुभकामना व्यक्त गर्दै समग्र बोहरागाउँको कृषि विकास र वन विकास गर्न आफुले सक्दो सहयोग गर्ने र खाली ठाउँहरुमा वृक्षारोपण गर्न सबैलाई जागरुक हुन आग्रह गरे ।













































































































































































































