३१ बैशाख २०८२, बुधबार

 

एसियामै पहिलो पटक स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गर्ने तयारी

प्राथामिक स्वास्थ्य सेवा श्रोत केन्द्र काठ्माण्डौले एसियामै पहिलो पटक स्वास्थ्य अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन गर्ने भएको छ । बिहीवार बागलुङ बजारमा केन्द्रको सहयोग तथा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जाल बागलुङ र जिल्ला समन्वय संस्था सिवाईसी नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा एसीयामै पहिलो पटक पूस्तक प्रकाशन गर्न लागिएको बताईएको छ ।

सबैलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्ने मान्यताका साथ अगाडि वढिरहेको केन्द्रले देशका ५८ वटा जिल्लामा आफ्नो सञ्जाल विस्तार गरी सञ्जालहरु मार्फत स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण सम्वन्धी कार्यहरु गर्दै आईरहेको छ । सोही अनुसार बागलुङमा पनि २०६० सालदेखि स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जाल बागलुङले सुर्तिजन्य पदार्थ प्रयोग न्युनिकरण गर्न विभिन्न जनचेतनामुलक कार्य गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अञ्चल अस्पताल, जिल्ल जनस्वास्थ्य कार्यालयसंग समन्वय गरेर सुर्तिजन्य पदार्थको प्रयोग न्युनिकरण अभियान सञ्चालन गर्ने सञ्जालका अध्यक्ष चण्डिप्रसाद शर्माले जानकारी दिए । संस्थाले हाल सम्म २ सय जनालाई सुर्तिजन्य पदार्थ प्रयोगकर्तालाई सुर्ति छुटाएको जनाएको छ ।

जनताको स्वास्थ्य सेवा पाउनुपर्ने आधारभुत अधिकारलाई प्रत्याभूति राज्यले गरोस् भनी पैरवी र वहस गर्दै आईरहेको केन्द्रले सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवा र आमा सुरक्षा कार्यक्रमका बारेमा अध्ययन गर्ने पनि बताएको छ । आधारभुत स्वास्थ्य जनताको नैसर्गिक अधिकार भएकाले निःशुल्क रुपमा स्वास्थ्य सुविधा प्रदान गर्न केन्द्र अग्रसर भएको भेटघाटटमा जानकारी गराइएको छ ।

स्थानीय तहमा जनताको क्षमताद्धारा स्वास्थ्यको सर्वाङगिण विकास र सुधार ल्याउनका लागि पनि पहल गरेको केन्द्रले जनाएको छ । कार्यक्रम स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल बागलुङका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता, जिल्ला समन्वय संस्था सिवाईसी नेपालका मानव श्रोत विकास तथा सुचना प्रविधि सहायक सुमन जिसीको स्वागत, प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालन र नेपाल पत्रकार महासंघका सचिव राम थापा अबिरलको समापन मन्तव्य सहित सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung