५ कार्तिक २०८३, बुधबार

 

काठेखोलाका १६ सहित ४० विद्यालयमा बिपद् जोखिम न्यूनिकारण परियोजना सञ्चालन हुँदै

काठेखोला गाउँपालिकाका १६ विद्यालयमा विद्यालय सुरक्षा तथा विपद जोखिम न्युनिकरण परियोजना संचालन हुने भएको छ । प्राकृतिक विपत्तीवाट हुने जोखिम न्युनिकरण गर्न विद्यार्थीको लागी लक्षित गरी परियोजना संचालन हुन लागेको हो ।

शुक्रबार काठेखोला गाउँपालिकाको कार्यलयमा परियोजना परिचयात्मक कार्यक्रम आयोजना गरी यस्तो जानकारी गराईएको थियो । प्लान इन्टरनेशनल नेपाल, सेभद् चिल्डे« युनिसेफ, वल्ड भिजनको सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको स्थानीय साझेदारीमा परियोजना संचालन गर्न लागिएको हो ।

कार्यक्रममा सहजिकरण गर्दै प्लान इन्टरनेशनल नेपालका कपिल शिलवालले अघिल्लो चरणमा संचालन गरिएको कार्यक्रम समुदाय स्तरमा प्रभावकारी भएकोले यस वर्ष काठेखोला गाउँपालिकाका १६ र बागलुङ नगरपालिकाका २४ गरी ४० विद्यालयमा विपद जोखिम न्युनिकरण परियोजना संचालन गर्न लागेको बताए ।

विद्यार्थीबाट चेतना घरघरमा पुग्ने भएकोले वालवालिका केन्द्रीत विपद जोखिम न्युनिकरण परियोजना प्रभावकारी वन्ने परियोजनाका विकास रिमालले बताए । गाउपालिकाका १४ सामुदायिक र २ निसी गरी १६ विद्यालयमा कार्यक्रम संचालन गर्न लागेको रिमालले जानकारी दिए ।

शिक्षा तथा संरक्षण क्षेत्रमा संलग्न सवै तहका सरकारी पदाधिकारी, विद्यालय, समुदाय तथा वालवालिकाहरुले विपदवाट पर्ने प्रभावको सामना गर्न तयार एवं उत्थानसील वनाउनु परियोजनाको मुख्य उदेश्य रहेको जनाईएको छ ।

काठेखोला गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत चुर्णावहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै गाउपालिकाका कार्यवहाक अध्यक्ष विद्यापती शर्माले समाजमा सकारात्मक परिवर्तनको लागी सवैको सहकार्य आवश्यक रहेको वताउँदै विद्यालय सुरक्षा तथा विपद जोखिम न्युनिकरण गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।

त्यस्तै प्लान इन्टरनेशनल नेपालका परियोजना व्यवस्थापक हारुन रषिदले गाउँमा जनचेतना जगाउन विद्यालय प्रभावकारी माध्यम रहेको बताए ।कार्यक्रममा श्रोत व्यक्ति रामानन्द कडेल, भिमसेन माविका प्रअ रघुनाथ कँडेल लगाएतले मन्तव्य राखे ।

गाजा डेभलपमेन्ट फाउण्डेनका परियोजना व्यवस्थापक सूर्य प्रसाद कडेलले स्वागत गरेको कार्यक्रमको संचालन काठेखोला गाउँपालिकाका लेखापाल खडानन्द कडेलले गरे । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, विद्यालयका प्रअ तथा शिक्षक लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung