
संयुक्त वाम गठबन्धनको तेस्रो दिन मंगलबार बागलुङको बरेङ गाउँपालिका वडा न ३ बाटाकाचौर नयां बजारमा चुनाव प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधनगर्दै संयुक्त वाम गठबन्धन बागलुङ क्षेत्र न. १ प्रतिनिधि सभा सदस्यका उमेदवार सूर्य पाठकले जिल्लाको विकास गर्ने खाका आफुरु संग रहेको बताउँदै वाम गठबन्धनका उमेदवारलाई मतदान गरि विजयी गराउन आग्रह गरे ।
त्यस्तै क्षेत्र न १ ख का प्रदेश सभाका उम्मेदवार कृष्ण थापाले जिल्लामा प्रशस्त मात्रामा पर्यटन, कृषि, उद्योग, जडिबुटि, विद्युतको सम्भावना रहेकाले आफुहरुले जिते मात्रै ति सबै विकासका ढोकाहरु खोलिने बताए ।पाठकले अघिल्लो पटक जिल्लाका तिन वटै क्षेत्र नेपाली कांग्रेसले जित्दा विकास गर्नुको साटो झनै अपारदर्शी कार्य भएको, विकासका नाममा आएका बजेटमा अनियमितता भएको, संसद विकास कोषको बजेट समेत सही सदुपयोग नभएकोमा आक्रोस व्यक्त गरे ।
पारदर्शीता, विधिको शासन, मानव अधिकार तथा सम्मान आफुहरुको मुख्य एजेण्डा भएको थापाले बताए ।अन्तराष्टिय नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष गंगा पौडेलले अहिलेको परिस्थितिमा वामपन्थीहरु नै जनताको माझमा रहेकाले जनताले पूर्ण विश्वासका साथ वामपन्थीका उमेदवारलाई विजयी गराउने विश्वास व्यक्त गरिन ।
नेपालको इतिहासमा सबै भन्दै धेरै पटक शासन सत्तामा रहेर कांग्रेसले देशलाई खोक्रो बनाएको, भारतीय विस्तारवादले पटक पटक नाकाबन्दीले सताई रहदा पनि सत्तामा रहेको सरकार मौन परेर भारत सरकारको समर्थन गरेको आरोप लगाउँदै पौडेलले त्यस्ता संगठनका उम्मेदवारलाई घुँडा टेकाउन पनि आग्रह गरिन ।
कार्यक्रममा पूर्व सांसद तथा अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, नेकपामा ओवादी केन्द्रका केन्द्रिय सदस्य चिनिमाया काला, पर्दिप मगर, नेकपा एमाले प्रदेश न. ४ का सदस्य श्रीप्रसाद शर्मा, बरेडं गांउँपालिका अध्यक्ष कृष्ण प्रासाद शर्मा बरेङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पूर्ण खनाल लगायतले बोलेका थिए ।
कार्यक्रममा बागलुङ जिल्ला समन्वय समितीका सदस्य राजु केसी, नेपाल रष्ट्रिय शिक्षक संगठन बागलुङका पूर्व उपाध्क्ष धनिश्वर पौडेल, नेकपा एमाले जिल्ला कमिटी सल्लाहकार मुमिश्वर पौडेल,नेपाल पत्रकार महासंघ बागलुडंका सदस्य प्रकाश छन्त्याल लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता फर्सबहादुर श्रीस स्वागत मन्तव्य पृथ्वीबहादुर पुन र सञ्चालन प्रेमराज पौडेलले गरेका थिए ।