१ जेष्ठ २०८२, बिहीबार

 

लहरेपिपल स्वास्थ्य चौकीले पायो नयाँ समिति

लहरेपिपल स्वास्थ्य चौकी बागलुङ नगरपालिका ६ को आम भेला शनिबार सम्पन्न भएको छ ।
स्वास्थ चौकिको व्यवस्थापन तथा संचालन समित गठनको लागि बोलाईएको आम भेलाले वार्ड अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा ८ सदस्यीय लहरेपिपल स्वास्थ्य चौकी व्यवस्थापन तथा संचालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कुलबहादुर कार्की र सदस्य सचिवमा स्वास्थ्य चौकी प्रमुख अनिता राजभण्डारी रहेका छन ।
वडा अध्यक्ष एवं स्वास्थचौकिका नवनिर्वाचित अध्यक्ष सापकोटाले भेलामा बोल्दै अव सामान्य रोगको उपचार लागि बजार क्षेत्रमा जानु नपर्ने गरी पुर्वधारको विकास तथा स्वास्थ चौकिमा आवश्यक पर्ने उपकरणको व्यवस्था मिलाउने बताए । सोही अवसरमा समुदायमा आधारित बाल रोग एकीकृत व्यबस्थापन तालिम सम्पन्न भएको छ । तालिमको सहजिकरण सु–आहाराका कार्यक्रम संयोजक विश्वनाथ आचार्यले गरेका थिए ।
स्वास्थ चौकीका निवर्तमान अध्यक्ष रुद्रबहादुर केसिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत स्वास्थ चौकि प्रमुख अनिता राजभण्डारीले तथा संचालन स्वास्थ चौकिका सिनियर अहेव इन्द्र थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung