४ श्रावण २०८३, सोमबार

 

किन मन पर्छ बेजोसलाई यस्ता कर्मचारी ?

ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस विश्कै सबै भन्दा धनी व्यक्ति हुन । बेजोसको कुल सम्पति झन्डै ९७ खर्ब रुपैया छ । लामो समयदेखि सबै भन्दा धनीको स्थानमा रहेका माईक्रोसफ्टका बिल गेट्सलाई बेजोसले केहि दिन अघि पछि पारेका हुन । बेजोसले आफ्नो छनोटमा पर्न कर्मचारीहरुमा हुनुपर्ने क्षमता र स्वभाव बारे केही खुलाएका छन । जो– कोही व्यक्ति आफु सफल हुनका लागि उसमा हुनु पर्ने केही गुण बताउँदै सिएनबिसीलाई दिएको एक वार्तामा उनले भनेका छन ‘यस्ता व्यक्ति मेरो कम्पनीमा काम गर्न लाएक हुने छन’ ः

सकारात्मक सोचेर काम गर्ने

मलाई यस्तो कर्मचारी सबैभन्दा धेरै मन पर्छ, जो पुरा सकारात्मक छ । जसको काम गराई प्रस्तुतिमा निरन्तरता होस । सकारात्मक उर्जा भएको व्यक्ती जुनकुनै कम्पनीका लागि निकै आवश्यक पर्छ र यस्ता कर्मचारीले कम्पनीलाई अगाडि लैजान सक्छन ।

राम्रो नतिजाको लागि कोसिस गर्ने

कम्पनीमा जहिले पनि राम्रो नतिजा दिन कोसिस गर्ने क्षमता भएको कर्मचारी आवश्यक पर्छ । तर, जरुरी छैन कि उ स्मार्ट होस । कतिपय स्मार्ट व्यक्ति पनि गलत हुन्छन । जो व्यक्ति नतिजा दिने क्षमता राख्छ, उसले कम्पनीलाई अगाडि लैजान सक्छ ।

चुनौती मोल्न नहिच्किचाउने

बेजोसलाई यस्तो व्यक्ति आफ्नो कम्पनीको कर्मचारी बनाउन मन लाग्छ, जो चुनौती मोल्ने क्षमता राख्छ । कुनै प्रकारको आनाकानी नगरी काम गर्ने व्यक्तिले राम्रो परिणाम दिलाउन सक्छ । यस्ता व्यक्तिले अप्ठ्यारो यात्रा पनि तय गर्न सक्छन । तर मैले यस्तो व्यक्तिलाई कर्मचारीका रुपमा छनोट गर्नु भन्दा पहिले उसको गति हेर्न पनि चाहन्छु ।

उत्पादनमा ध्यान दिने

यस्ता व्यक्ति कम्पनीका लागि धेरै ठिक हुन्छन, जो राम्रो आउटपुट अर्थात उत्पादन गर्ने क्षमता बढाउने व्यक्ति कम्पनीलाई आवश्यक पर्छ । यस्तो व्यक्तिले कम्पनीको उन्नती र प्रगतीमा सधै ध्यान दिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung