
गलकोट नगरपालिका ११ मा रहेको रिघा स्वास्थ्य चौकी व्यावस्थापन समितिको बुधबार पुर्नगठन गरिएको छ । नव गठित व्यावस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष समेत रहेको डम्वरबहादुर श्रीस, उपाध्यक्षमा रनबहादुर राना, सदस्य मन कुमारी नेपाली, क्यूमाया पुन, दामोदर शर्मा, सदस्य सचिव एच ए हरि थापा, तथा वडा सचिव कर्म प्रसाद गौतम चयन भएका छन ।
त्यस्तै स्वास्थ्य चौकीको संरक्षकमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे रहेका छन । कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माणको लागि जग्गा खरिदको लागि ५ लाख नगद सहयोग गर्ने हंङकङ तथा बेलायतमा रहने दिपक काउचा, भिमबहादुर श्रीस र टेकबहादुर श्रीसलाई सम्मान गरिएको थियो ।
सम्मानित व्याक्तित्वको संयोजनमा सो रकम संकलन गरिएको थियो । कार्यक्रममा गलकोट नगरपालिकाका उपमेयर रेनुका काउचा, बेलायत वासी प्रतिनिधि दिपक काउचा, प्रगतिशिल भूपू सैनिक संधका अध्यक्ष भिमबहाुदर श्रीस, टेकबहादुर श्रीस टिका, वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्य, कृषि प्रसार अधिकृत विप्लव अधिकारी, जिल्ला समन्वय समितिका सदस्य रुपा विश्वकर्मा, निवर्तमान गाविस अध्यक्ष होमबहादुर श्रीस, उपाध्यक्ष गंगा भुजेल, रत्न लक्ष्मी मावि का प्राचार्य दामोदर शर्मा, वडा सदस्य दल वहादुर बुढाथोकी, माओवादी केन्द्रका नरबहादुर घर्ति, युवा तथा खेलकुद विकास समितिको दानबहादुर श्रीस, समाजसेवी संकर प्रसाद पुन, महिला स्वास्थ्य स्वयं सेविका खगिकला खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम वडा अध्यक्ष डम्बरबहादुर श्रीसको अध्यक्षता, एच. ए. हरिबहादुर थापाको स्वागत मन्तव्य तथा अहेव डिलबहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।