प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, अन्तरगत जिल्ला कृषि विकास कार्यालय बागलुको आयोजनामा गलकोट नगरपालिका ११ मा मकै खेती सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला कृषि सेवा कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्य, कृषि प्रसार अधिकृत विप्लव अधिकारी लगाएतले सहजिकरण गरेको कार्यक्रममा सिर्जनशिल कृषक समुहका मकै पकेट कार्यक्रम संचालन गर्ने २५ जना कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष डम्बर श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो ।













































































































































































































