
जिल्ला कृषि विकास कार्यालय बागलुङको आयोजनामा यहि मंसिर २२ देखि २५ गतेसम्म ढोरपाटन नगरपालिकाको साविक अधिकारीचौर र निसीखोला गाउँपालिकाको साविक देविस्थान र बोहोरागाउँमा बाली उपचार शिविर सञ्चालन हुने भएको छ । कृषकहरुले उत्पादन गरेको बालीमा लागेका रोग तथा किरा एवम बालीमा देखिएका समस्या निराकरणका लागि उक्त सिविर कार्यक्रमको आयोजना गरीएको जिल्ला कृषि विकास कार्यालय बागलुङका वरिष्ठ कृर्षि बिकास अधिकृत दिनेश आर्चायले बताए ।
शिविरमा २२ गते निसिखोला गाउँपालिका–२ जुग्जाखोला बजारमा बिहान १० बजे, २४ गते निसीखोला गाउँपालिका १ को देविस्थान बजार वडा कार्यालयमा दिउसो १ बजे , २५ गते बिहान १० बजे ढोरपाटन नगरपालिका ५ को बुढाथोक र २५ गते बिहान १० बजे वडा नं ६ को गाडिखोलामा कार्यक्रम हुने बताईएको छ । शिविरमा कृषकहरुको बालीको रोग किरा पहिचान तथा समाधानका लागि निशुल्क विषादी तथा अन्य सामग्री वितरण, आकष्मिक बाली संरक्षण सेवा दिईने बताईएको छ । शिविरमा सहभागि कृषकले आफुले उत्पादन गरेका तरकारी, फलफुलको समस्या ग्रस्त बोटको हांगा, पात, जरा, डांठ, तथा पुरै बोट लिएर सहभागि हुन समेत आग्रह गरीएको हो ।
शिविरले पश्चिम क्षेत्रका कृषकको कृषि प्रणालीको विकास र रोग, किरा, तथा समस्याको सहि पहिचान गरी स्वथ्य बाली उत्पादन र आय आर्जनमा टेवा पुग्ने अपेक्षा लिएको जिल्ला कृषि विकास कार्यालय बागलुङका बाली संरक्षण अधिकृत सुजित पौडेलले बताए । शिविरमा बढि मात्रामा दैवि प्रकोपबाट प्रभावित कृषकहरुलाई समस्यालाई प्राथमिकता दिइने बताए ।