२३ असार २०८२, सोमबार

 

विद्यामन्दिर माविमा ८ कोठे भवन बन्दै

बागलुङ नगरपालिका–३ मा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयमा ८ कोठे भवनको शिलन्यास गरिएको छ । जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले समारोहका बिच शिलन्यास गरेका हुन । बिट्रिस वेल्फेयर फेयरको १ करोड ३३ लाख सहयोग र विद्यालयको १७ लाखमा ८ कोठे भवन, आधुनिक शौचालय, पर्खाल र खानेपानीको संरचना निर्मान गर्न लागिएको विद्यालयका प्रअ जगन्नाथ आर्चायले जानकारी दिए । कार्यक्रममा वेल्फेयरका प्राविधिक लक्ष्मण मल्लको उपस्थिति रहेको थियो ।

शिलन्यास कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी पौडेलले ‘आधुनिक भवनको निर्माण पुरा भएपछि विद्यार्थीहरुलाई पढ्न धेरै सहज हुने र गुणस्तर वृद्धिमा टेवा पुग्ने’ बताए । कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता, जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलको प्रमुख आतिथ्यता, स्वागत प्रअ जगन्नाथ आर्चाय र संचालन कक्षा ११÷१२ संयोजक डिल्लीराज गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung