२३ असार २०८२, सोमबार

 

बागलुङ–२, प्रदेश ‘ख’ मा घर्तीको अप्रत्याशित जीत

बागलुङ क्षेत्र नं. २ प्रदेश ख का वाम उम्मेद्वार टेकबहारदु घर्ती विजयी भएका छन । उनले नेपाली काँग्रेशका जीत शेरचनलाई ३ हजार २ सय ६० मतले पछि पार्दै विजयी भएका हुन् ।
बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘ख’ मा वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका छन् ।
भर्खरै सकिएको मतगणना अनुसार उनले नेपाली काँग्रेसका जीत शेरचनलाई ३ हजार २ सय ६० मतले पछि पर्दै विजयी भएका हुन् । घर्तीले ११ हजार ८ सय चौरासी मत प्राप्त गर्दा शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका छन् ।
यो प्रदेश सभामा कुल २२ हजार २ सय ३ मत खसेको थियो । यस मध्ये १ हजार ३ सय ६ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विकाशचन्द्र शर्माले जानकारी दिए ।
वाम गठबन्धनभित्र तुलनात्मक रुपमा कमजोर मानिएका घर्तीले अप्रत्याशित नतिजा सहित रोचक जीत हात परेका हुन् । उनका प्रत्यासी शेरचनलाई काँग्रेस भित्र अरु भन्दा बलियो उम्मेदवारको रुपमा लिईएको थियो ।
अन्तिम नतिजा सार्वजनिक भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने घोषणा गरि सकेको छैन ।
यो बागलुङको पहिलो अन्तिम नतिजा हो । यससँगै वाम गठबन्धनमा आवद्ध एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेताकार्यकर्ताले पहिलो विजय जुलुस मनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung