
विक्रम संबत २०२८ साल साउन ५ गते अहिलेको ढोरपाटन नगरपालिका वडा नम्बर–६ अधिकारीचौर शैखोलामा जन्मिएका टेकबहादुर घर्ती बागलुङको पहिलो प्रदेश सांसद बनेका छन् ।
पुर्व भलिवल खेलाडी समेत रहेका उनी २०४२ सालमा अखिल छैठौँको विद्यार्थी अभियानबाट राजनीतिमा प्रवेश गरेका थिए । उनी अखिल नेपाल युवक संघ बागलुङको अध्यक्ष हुँदै केन्द्रीय सदस्य पनि भएका थिए । २०५९ सालमा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य हुँदै अहिलेसम्म क्रियाशिल छन् ।
२०६४ सालको पहिलो. संविधान सभा निर्वाचन लडेका उनी त्यसबेला काँग्रेसका नरबहादुर पुन निरज (अहिले प्रतिनिधि सभा–२ का काँग्रेस उम्मेदवार) सँग चुनाव लडेका थिए ।