२८ असार २०८२, शनिबार

 

माओवादीका सागर बने प्रदेश सभा सदस्य

बागलुङको अन्तिम मतपरिणाम अनुसार माओवादी केन्द्रका चन्द्रबहादुर बुढा सागरले ५ हजार ८ सय ६९ मत अन्तरले प्रदेश सभा सदस्य निर्वाचित भएका छन ।बागलुङ–२ को प्रदेश सभा ‘क’ मा सागरले काँग्रसका मञ्जेशबम मल्ललाई पराजित गरेका हुन् । उनले १७ हजार ४ सय १५ पाउँदा काँग्रसका मल्लले ११ हजार ५ सय ४६ मत ल्याएका छन् ।
यो पछिल्लो अन्तिम नतिजा प्राप्त भएपछि बागलुङका २ वटै सिट वाम गठबन्धनका उम्मेदवारले जितेर ‘क्लिनस्वीप’ गरेका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा गरि बागलुङका सम्पूर्ण सिटमा वाम गठबन्धन विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung