२५ असार २०८२, बुधबार

 

पर्वतमा वाम उम्मेदवार विजय

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन । एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाव जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार ७ सय २५ मत प्राप्त गरेका छन भने पराजित जोशीले २६ हजार ८ सय १९ मत पाएका छन । यसैगरी प्रदेशसभा १ मा गठबन्धनका उमेदवार माओवादी केन्द्रका पोलिट व्युरो सदस्य नेत्र अधिकारी विजयी भएका छन । प्रदेससभा सदस्य पदमा निर्वाचित सदस्य अधिकारीले नेपाली कांग्रेसका पुर्व जिल्ला सभापाति नवराज गुरुङलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन ।

निर्वाचित अधिकारीले २१ हजार ५०८ मत प्राप्त गरेका छन भने पराजित हुन पुगेका नेपाली गुरुङले १६ हजार ६८५ मत प्राप्त गरेका छन । उनी २०४८ सालमा पर्वत क्षेत्र नं १ बाट पराजित भएका थिए भने २०७० मा पर्वत क्षेत्र नं २ मा पनि पराजय भोगेका थिए । यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेस कमिटी सदस्य विकास लम्साल विजयी भएका छन । लम्सालले नेपाली कांग्रेसका महाधिबशेन प्रतिनिधी रहेका राजेन्द्र तिवारीलाई २ हजार १६६ मत अन्तरले पराजित गरेका हुन ।

प्रदेससभा सदस्यमा विजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन भने पराजित भएका तिवारीले १३ हजार ३५२ मत प्राप्त गरेका छन । लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung