३२ असार २०८२, बुधबार

 

बरेङ गाउँपालिकालाई पूर्णखोप घोषणा गर्ने तयारी

बरेङ स्वास्थ चौकीमा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा तयारी बैठक शुक्रबार सम्पन्न भएको छ । जन्मेदेखी १५ महिना भित्र सबै बालबालिकालाई सम्पूर्ण खोप लगाउने, खोपबाट बञ्चित बालवालिकाको खोजी गर्ने र बरेङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चत गाउँपालिका घोषणा गर्ने उद्देश्यले हुग्दिशिर स्वास्थचौकी खोप समन्वय समितिको बैठक सम्पन्न भएको हो ।

बरेङ गाउँपालिका जनस्वास्थ शाखा संयोजक पदबहादुर पुनको विशेष उपस्थितीमा भएको बैठक खोप समन्वय समितिका अध्यक्ष गुप्तप्रसाद काला थापाको अध्यक्षता र स्वास्थचौकीका प्रमुख तिलबहादुर रानाको संचालनमा सम्पन्न भएको थियो ।

बैठकमा खोप समन्वय समितिका २७ जना पदाधिकारीहरुको उपथिती रहेको थियो । बैठकले यहि पौष १५ गते हुग्दिशिर स्वास्थचौकी र वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने र त्यसको तयारीका लागि विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung