
कालिगण्डकी गाँउपालिका–७ भुर्तुङको भुर्तुङ स्वास्थ्य चौकी र विहानी पोलिक्लिनीक बरेङको सयुक्त आयोजनामा सोमबार १ दिने सुलभ स्वास्थ्य सेवा सम्पन्न भएको छ ।
स्वास्थ्य सेवामा दन्तरोग विशेषज्ञ एमडिए नरबहादुर रिजालद्धारा दान्तको सेवा तथा एमविविएस डा. सन्दिप कुमार शर्माद्धारा भिडियो एक्सरे, मुटु सम्बन्धि चेक जाँच, महिलाहरुको पाठेघर तथा गर्भवती महिला चेकजाँच, उच्च रक्तचाप र स्वासप्रस्वास सम्बन्धि चेकजाँच सेवा भएको छ । त्यसैगरुी भुर्तुङ स्वास्थ्य चौकीका ईन्चार्ज गिरीबहादुर राना, स्वस्थ्यकर्मी भिमा श्रीस, डुरमाया थापा, सिर्जना पौडेल, पुनम विक, मन्जु विक, चेतनाथ पौडेल, अमृता थापा तथा कार्यलय सहयोगी कृष्णराज गौतम लगाएतले शिविरमा बिरामीहरुको चेकजाँचमा विशेष सहयोग पु¥याएका थिए ।
१ दिने सुलभ स्वास्थ्य सेवामा ईसिजी तर्फ १४ जना, भिडियो एक्सरे तर्फ ४६ जना, गर्भवती चेकजाँच तर्फ ७ जना र अन्य रोगका ७२ जना गरि १ सय ४९ जनाले स्वास्थ्य सेवामा लिएका छन । पौष ११ गते बिहानी पोलिक्लिनीक बरेङमा स्वास्थ्य सेवा संचालन हुने स्वास्थ्य सेवा आयोजनाका संयोजक तथा बिहानी बहुउदेश्यिय सहकारी संस्थाका पूर्व अध्यक्ष रनबहादुर रिजालले जानकारी दिए ।