२९ असार २०८२, आईतवार

 

बरेङ गाउँपालिका पुर्ण खोप गाउँपालिका घोषणा

बरेङ गाउँपालिकालाई पुर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । शुक्रबार वडा नम्वर ५ शुखौरा र ४ सल्यानलाई पुर्ण खोप वडा घोषणा गरिएको र शनिबार वडा नम्बर १ धुल्लुबास्कोट र वडा नम्बर २ हुग्दिशिरलाई पुर्ण खोप घोषणा गरेरिएको हो ।

बरेङ गाउँपालिकाका ५ वटै वडा पुर्ण खोप घोषणा भएकाले पुर्ण खोप गाउँपालिका घोषणा गरिएको बरेङ गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए । जन्मेदेखि १५ महिनासम्म बच्चाले पाउनुपर्ने सबै किसिमको खोप पाएकाले बरेङ गाउँपालिकालाई पुर्ण खोप गाउँपालिका घोषणा गरिएको बरेङ गाउँपालिकाका जनस्वास्थ्य प्रमुख पदमबहादुर पुनले बताए ।

पुर्ण खोप गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले घोषणाले मात्र पुर्ण खोप सुनिश्चित नहुने भन्दै पुर्णखोपलाई स्थायित्व कायम गर्नको लागि सबै आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । साथै उनले बागलुङ जिल्लामा विकासका लागि बजेट विनियोजन भैसकेकाले बजेटलाई सहि ठाउँमा सदुपयोग गर्न समेत जिल्लाका गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुलाई आग्रह समेत गरेका छन ।

राष्ट्रिय जनगणना अनुसार १६ महिनादेखि २३ महिना भित्रका १ सय ७२ जना बालवालिका रहेको बरेङ गाउँपालिकाको जनसंख्या १४ हजार ४ सय ९२ रहेको छ । त्यस्तै पुर्णखोप गाउँपालिका घोषणा कार्यक्रममा जिल्ला जनस्वास्थ कार्यालय बागलुङले संघिय संरचना अनुसार स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थालाई स्थानीय निकायमा जिम्मा लगाउने कार्यक्रम अन्तरगत बरेङ गाउँपालिका भित्रका स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख दिपकप्रसाद तिवारीले बरेङ गाउँपालिकाका वरिष्ठ प्रशासकिय प्रमुख बैकुण्ठ पौडेललाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा बरेङ गाउँपालिकाका ५ वटै वडाका स्वास्थ प्रमुख महिला स्वयमसेविका विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यार्थीकोे सहभागिता रहेको थियो ।

कार्यक्रम गाउँपालिका प्रमुख कृष्ण प्रसाद शर्माको अध्यक्षता, वडा नम्वर ३ बाटाकाचौरका वडा अध्यक्ष पुर्ण खनालको स्वागत मन्तव्य र बरेङ गाउँपालिका कार्यपालिका सदस्य नरबहाुर रिजालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung