२९ असार २०८२, आईतवार

 

पाकिस्तानमा प्राचीन बुद्ध मूर्ति

उत्तर पश्चिम पाकिस्तानको खैबर पख्तुन ख्वा प्रान्तस्थित प्राचीन बौद्ध स्थल भमलामा थुप्रै पुरातात्विक संपदाहरु भेटिएका छन्।

तीमध्ये सबैभन्दा महत्वपूर्ण चाहिं चौध मिटर लामो सुतीरहेका बुद्धको मू्र्ति हो।

पुरातत्वविद्हरु इश्वीको तेश्रो शताब्दीमा बनेको सो मूर्ति त्यसकिसिमका संसारकै सबैभन्दा पुराना बुद्ध मूर्तिहरुमध्ये एक भएको बताउँछन्।

मौर्य सम्राट अशोकका पालामा त्यस क्षेत्रमा सैयौं स्तुपहरु बनाइएका थिए।

भमालामा पाइएका बौद्ध सम्पदा प्राचीन तक्षशिला सभ्यताको गौरवशाली इतिहासको एक उदाहरण मात्र हुन्।

अहिलेको पाकिस्तान कुनै बेला बौद्ध धर्मको केन्द्र थियो, तर अहिले त्यहाँ बुद्ध धर्म झण्डै लोप हुने अवस्थामा पुगेको छ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung