बागलुङ महोत्सवमा आएका दर्शकहरूको उल्लेख्य उपस्थित पञ्चकोटमा देखिएको छ । बागलुङ नगरपालिका–६ मा रहेको पञ्चकोट पछिल्ला दिनमा धार्मिक तथा पर्यटकिय गन्तव्य स्थलको रूपमा विकास भएको छ । बागलुङ महोत्सव २०७४ अन्तर्गत मेला भर्न आएका ३ हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू पञ्चकोट पुगेको पञ्कोटका कार्यालय सचिव नारायण गौतमले बताए ।
धार्मिक पर्यटनलाई बढवा दिने उद्देश्यका साथ स्थापना गरिएको श्री विश्वशान्ती सर्वसिद्धीधाम पञ्चकोट पछिल्ला दिनमा धार्मिक पर्यटनको उपयुक्त गन्तव्य बनेको छ स्थानीय प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्माले बताए । बाग्लुङमा आयोजित महोत्सवले पनि पञ्चकोटलाई पहिचान गर्न ठूलो भूमिका खेलेको पञ्चकोटका महासचिव बसन्त कुमार श्रेष्ठले बताए ।
महोत्सव अवधिभर त्यहाँ रहेको सिसमहल अवलोकन गर्नेको संख्या पनि एक हजार नाघेको श्रेष्ठले जानकारी दिए । जहाँ पर्यटकहरूले रू ५० टिकट काटेरै सिसमहल अवलोकन गर्ने छन् ।













































































































































































































