
अमेरिकाको जर्जिया राज्य को विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट फर बायोमेडीकल साइन्स (Institute for Biomedical science , Georgia State University ) मा कार्यरत नेपाली युवा बैज्ञानिक डा सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधि पत्ता लगाएको सोधपत्र प्रतिष्ठित”antiviral research ” जर्नल मा प्रकासित भएको छ । यो आविस्कारले फेरी इबोलाको महामारी फैलियो भने त्यसको रोकथाममा महत्वपुर्ण योगदान पुर्याउने विश्वास सो अनुसन्धानमा संलग्न एघार बैज्ञानिकको टोलिले लिएको छ । (संसारकै सबै भन्दा खतरनाक रोग मानिने इबोलाको हाल सम्म कुनै औषधि छैन (इबोला लागेका ९०५ सम्म बिरामीको सिघ्र मृत्यु हुन्छ । अत्यन्तै चाडो सर्न सक्ने सो रोगले केहि दिन मै सम्पूर्ण बस्ति सखाप पार्न सक्छ । थुप्रै स्वास्थ्यकर्मी हरुको समेत बिरामी को उपचार गर्ने क्रम मा यो रोग सरेर मृत्यु भएको छ । तसर्थ यो रोग लागि हालेमा उपचार गर्न समेत कोहि स्वास्थ्यकर्मी अगाडी सर्दैनन । (इबोला नफैलियोस भन्नको लागि नै आजकल संसारभरका विमानस्थलमा विदेश यात्रा बाट फर्किने यात्रुहरुलाई इन्फ्रारेड क्यामेराको प्रयोग गरेर सम्भाभित संक्रमित यात्रुको पहिचान गरिन्छ (भाईरस मा अध्यन गर्न संसारका अत्यन्तै सिमित केन्द्र हरुमा मात्र सम्भव छ ।
इबोलाको अध्यन गर्न सुरक्षाको दृष्टिले सबैभन्दा संबेदनशील मानिने चौथो तह (biosafety level 4 ) को प्रयोगशालाको आवस्यकता हुन्छ । संसारका सिमित बैज्ञानिक हरुको मात्र सो प्रयोगशालामा पहुच छ । – (biosafety level 4 ) मा अध्ययन गर्ने अवसर पाउने सम्भवत डा खड्का पहिलो नेपाली हुन्। । लामो सुरक्षा जाँच र तालिम पश्चात मात्रै सो प्रयोगशालामा काम गर्ने अनुमति अमेरिकी सरकारले दिन्छ ( सयौको संख्या मा नयाँ औषधिको अनुसन्धानबाट ५६ सम्भाभित औषधिहरु पत्ता लागेको हो । जसमध्ये एउटा benzoquinoline समूहको औषधिको बिस्तृत अध्यन भएको छ । (अन्य थप औसधि हरु पनि बिकाशको क्रममा छन (यो औषधि हालै संसारमा तहल्का मच्चाई राखेको अर्को जीका भाईरसको बिरुद्ध पनि प्रभावकारी देखिएको छ ( यो प्रारम्भिक अनुसन्धानले चाडै नै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ । तर बजारमा आउन भन्दा पहिले यो औषधिको प्रभावकारिता येव साइड इफेक्टको थप अनुसन्धान गर्न केहि समय लाग्ने छ ( अन्य औषधिहरु सम्बन्धि सोध पत्रहरु पनि तयारी को चरण मा छन्। ।
डा सुदिप खड्का बायो ः यो भन्दा पहिले मानब लाई कसरि डेंगु र हेपाटाइटिस सी भाईरस ले प्रभाब पार्छन भन्ने बिषय मा अत्यन्तै महत्वपुर्ण सोध पत्र हरु प्रकासित भईसकेका छन्। साथै डेंगु र मलेरिया सम्बन्धि थप केहि सोध पत्र हरु पनि डा खड्का ले प्रकासित गरि सकेका छन ।