४ श्रावण २०८३, सोमबार

 

जुकरवर्ग भन्छन्ः फेसबुकलाई राम्रो बनाउनु नयाँ वर्षको मेरो चुनौती

- ‘प्रासंगिक सामग्री’ को सट्टा ‘अर्थपूर्ण सामाजिक अन्तर्क्रिया’लाई प्राथमिकता

नयाँ वर्षका अवसरमा प्रत्येक पटक फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले आफैँलाई एकएकओटा चुनौती दिन्छन्। हरेक दिन एक माइल दौडिने, हरेक दुई सातामा एउटा पुस्तक पढ्ने, आदि। तर यसपटक उनले फेसबुकका चुनौतीहरुलाई समाप्त पार्ने वाचा गरेका छन्।

बिहीबार जुकरबर्गले २०१८ का लागि आफ्नो व्यक्तिगत चुनौती फेसबुकलाई गलत प्रयोग हुनबाट रोक्नु भएको बताएका छन्।

‘यो संसार चिन्तित र विभाजितजस्तो देखिन्छ। फेसबुकले पनि थुप्रै कुरा गर्न बाँकी छ। हाम्रो समुदायलाई हिंसा र घृणाबाट रोक्न होस् या राज्यहरुको हस्तक्षेपबाट रक्षा गर्नु हो, अथवा फेसबुकमा बिताइएको समय राम्ररी बिताउने सुनिश्चितता गर्ने कुरा नै किन नहोस्, २०१८ का लागि मेरो व्यक्तिगत चुनौती भनेको यस्तै महत्वपूर्ण समस्यालाई ठीक गर्नु हो।’

उनले फेसबुकका अनेकौँ कमजोरी रहेको स्वीकार्दै त्यसलाई सम्बोधन गर्ने वाचा पनि गरेका छन्।

नेपाल खबरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung