२२ असार २०८२, आईतवार

 

तपाईको सानो सहयोगले निउरे बाँच्न सक्छन्

ताराखोला गाउँपालिका–३ काँक्राखोरका उमाकान्त निउरे गत पौष १५ गते भिरबाट लडेर गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि १६ गते पोखराको मेट्रो सिटी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अहिलेसम्म पनि आईसियुमा राखी उपचार गराई राखेको उनका दाजु रेशमलाल निउरेले बताए ।

‘भाईलाई उपचार गराउन लिएको २५ दिन पुग्दा पनि स्वास्थ्यमा सुधार भएको छैन’ उनले भने । उपचारमा संलग्न डाक्टर भरत खत्रीले अझै धेरै महिनौसम्म अस्पतालमै राखियो भने मात्रै बिरामीको स्वास्थ्यमा सुधार हुने बताउछन । ‘तपाईहरुको सानो सहयोगले मेरो भाईलाई बचाउन सकिन्छ दुखपर्दा त हो हेर्ने’ रेमलालले भन्ने ।

उपचारका क्रममा हालसम्म धेरै रकम खर्च भई सकेको र अझै महिनौं समय राख्दा धेरै खर्च लाग्ने अनुमान गरिएको चिकित्सकहरुले बताएका छन । पारिवारिक स्रोतले जनाए अनुसार निउरेको उपचारमा दैनिक २५ र ३० हजार खर्च भैरहेको रेशमलालले भने ।

उनको उपचारलाई सहयोग पु¥याउन उमाकान्त बचाउ अभियान पनि सुरु गरिएको छ । काठमाडौ पनि दिलबहादुर थापाको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा गणेश चालिसे, कृष्ण साहानी, मेघ थापा ,नारायण घिमिरे र आरपी निउरे रहेका छन । त्यस्तै बिरामीका दाजु रेमशलाल निउरेको फोन न .९८४३९२१७१९, मन्दिप निउरे ९८६७६९९७३८ संगै सामाजिक संजालमा पनि सम्पर्क गर्न सकिने छ ।

उमाकान्त बचाउ अभियानमा विभिन्न संघसंस्थाले पनि हातेमालो गरिरहेको छ । निउरेले हरि माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्र्दै आएका थिए । निउरेलाई बचाउन हरेक क्षेत्रमा सहयोग अभियान चलिरहेको र यसमा सबैले सहयोग गर्न उनको दाजु रेशमलालले अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung