
परोपकारी कार्य गर्ने उदेश्यले स्थापित भएको सामाजिक संस्था बिहुँकोट समाज जापानले विभिन्न रोगी तथा विपन्न परिवारलाई सहयोग गर्दै आईरहेको छ । यसै सिलसिलामा काँठेखोला गाउँपालिका–५, बिहुँ काउलेका शंकर दर्जीकालाई पनि उक्त संस्थाले आर्थिक रकम सहयोग गरेको छ ।
दर्जीको दुबै मृगौलाले काम गर्न छाडेपछि केहि दिन अगाडि विभिन्न सरचार माध्यम र संघ संस्थाहरुलाई सहयोग को अपिल गरेका थिए । यस संस्थाले उनको अपिललाई मध्यनजर गर्दै पीडित दर्जीको खातामा रु २ लाख ७१ हजार १ सय ११ सहयोग गरेको बिहुँकोट समाज जापानका प्रवक्ता फणिन्द्र शर्माले जानकारी दिए । उनले विदेशमा रहेर पनि आफ्नै समाजमा रहेक र विभिन्न पिडामा परेका व्यक्तिहरु घाउँमा मलाम लगाउनु पाउनु नै यस संस्थाको जम्मिेवारी निर्वाह भएको महशुस समेत गरेको बताएका छन् ।
उक्त समाजका अध्यक्ष देविलाल सुवेदीको संयोजकत्वमा संकल गरिएको रकम पठाईएको बारे कोषाध्यक्ष दिपक कँडेलले जापान को टोकियो स्थित सिनकोबुमा एक समरोह को आयोजना गरि जानकारी गराएका थिए ।