
आगामी मार्च २१ अर्थात चैत्र ७ गते जापान स्थित एभरेष्ट ईन्टरनेशनल स्कुलमा जापानमा रहेका नेपालीहरुका लागि निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको छ । नेपालदेखि रोजगार तथा अध्ययनका लागि जापानमा गएका नेपालीहरुलाई लक्षित गरि जापानको टोकियो महानगरपालिकाको प्राविधिक सहयोगमा शिविर हुन लागेको बताईएको छ ।
शिविरमा त्यहाँ स्थित नेपालीहरुले निशुल्क रुपमा सेवा लिन सकिने जनाईएको छ । शिविरमा नेपाली तथा जापानीज डाक्टरहरुबाट स्वास्थ्य परिक्षण, निशुल्क छाती एक्सरे, दाँतको चेक जाँच, निशुल्क इसिजी र निशुल्क मुटुको भिडियो एक्सरे लगाएतका सेवा दिने भएको छ ।