
महान जनयुद्धको २३ औँ वार्षिकोत्सवको अवसरमा नेकपा माओवादी केन्द्र जिल्ला सम्मेलन आयोजक समिति बागलुङलले मानव सेवा आश्रममा आश्रय लिएकाहरुको लागि एक कार्यक्रमका बिच खाद्यन्न र फलफुल वितरण गरेको छ । सो अवसरमा बोल्दै नेकपा केन्द्रका केन्द्रीय सदस्य यज्ञमल्ल शर्माले देशमा शान्ति र सुशासनको लागि सबै भन्दा प्यारो आफ्नो ज्यानलाई हाँसी हाँसी फाँसीको फन्दामा पर्न तयार भएको बताए ।
उनले जनयुद्धको बेला लाखौँ नेपालीले ज्यान गुमाउनु गरेको हजारौँ नेपाली बेपत्ता भएको र अहिले देशमा विस्तारै शान्ति र सुशासन कायम हुन लागेको बताए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सहल्लाकार लालचन्द्र राजभण्डारीले आगामी वर्ष आफ्नो जन्मदिनको अवसर पारेको मानव सेवा आश्रमलाई नगद १ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । उनले आफुले सहयोग गरेको रकम सही ठाउँ प्रयोग हुने अपेक्षा गरेको बताए ।
त्यस्तै सो अवसरमा बेपत्ता परिवार जिल्ला अध्यक्ष जशोदा शर्माले माानव आश्रमको लागि आगामी बैशाख ७ गते पर्ने उनको जन्मदिनको अवसरमा आफुले १० हजार रुपैया सहयोग गर्ने बताईन् । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सहल्लाकार लालचन्द्र राजभण्डारी, नेकपा एमाले जिल्ला सचिव लालबहादुर थापा, बागलुङ भगवती गुठीका अध्यक्ष राजु खड्का, बेपत्ता परिवार जिल्ला अध्यक्ष जशोदा शर्मा लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नगर अध्यक्ष कुमार विक्रम क्षत्रीको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य यज्ञमल्ल शर्माको प्रमुख आतिथ्यता, नगर वडा अध्यक्ष टिका विकको स्वागत र नगर सचिव बाबु डियर हमालको संचालनमा भएको हो ।