नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक नेपालको प्रधानमन्त्रीमा नियुक्ति भएका छन् । एमाले र माओबादी केन्द्रका तर्फबाट १७४ सांसदको समर्थन रहेको दाबी पेश गरेपछि रास्ट्रपति बिद्यादेबी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि सपथ समेत खाइरहेका छन । २०७३ श्रावण १९ गते पद छाडेका एमालेका अध्यक्ष नेपाल लाई छिमेकी मुलुक भारतले नेपालको संबिधान प्रति असन्तुष्टि जनाएर नाकाबन्दी गरेको समयमा भारत संग नझुकेर आफुलाई रास्ट्रबादी भनेर चिनाउन समेत सफल भएको कारणले पनि केपी शर्मा ओली अहिले पनि राजनीति चर्चामा रहेका हुन । अहिले मुलुकको ४१ औ प्रधानमन्त्रीमा नियुक्त भए पछि ओली फेरि चर्चाको शिखरमा रहेका छन । हिजो माओबादीकै कारणले प्रधानमन्त्री हुदै माओबादीकै अबिश्वासको कारण प्रधानमन्त्री बाट हट्न बाध्य भएका ओली यतिबेला बामपंथी गठबन्धन पछि फेरि माओबादी केन्द्र कै समर्थनमा मुलुकको प्रधानमन्त्री हुन सफल हुनुपनि नयाँ संयोग हो । बामपंथी गठबन्धन संगसंगै एमाले र माओबादी बिच पार्टी एकता गर्ने अभियान समेत थालेका एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको एकताको कारणले पनि अहिले बामपंथी गठबन्धनलाई नेपाली जनताले बहुमत दिएर पठाएको छ । छिमेकी मुलुक भारतले आर्थिक नाकाबन्दी गरेर पुरै देशलाई अस्तब्यस्त बनाउदा समेत नेपाली जनताले दाउरा बालेर गाडी नचढीकन ओली सरकारलाई साथ दिएका थिए । साच्चै रास्ट्रबादी हुने अबसर जसरी पाएका थिए अहिले पनि नेपाली जनताले ओली बाट धेरै आशा र भरोसा लिएकाछन ।
साच्चै यतिबेला हामीले ओलीको सकारात्मक कुराको खोजी गरिरहेका छौ । जिउँदो इतिहास बोकेका एमाले अध्यक्ष केपी शर्मा ओली मृत्यु लाई समेत जितेर अहिले बाच्न सफल ब्यक्ति पनि हुन ।
२००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएर २०२३ सालमा राजनीतिमा प्रबेश गरेका ओली २०३० साल देखि २०४४ सालसम्म १४ बर्ष जेल जीवन बिताउदै २०४४ सालमा एमालेको केन्द्रीय सदस्य २०४७ सालमा युवा संघको संस्थापक अध्यक्ष हुदै २०४८ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर ६ बाट सांसदमा निर्वाचित २०५१ सालमा गृह मन्त्री २०५६ सालमा पुन झापा क्षेत्र नम्बर ६ बाटै निर्वाचन जित्न सफल भएका एमाले नेता ओली २०६३ सालमा उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री २०७० सालमा एमाले संसदीय दलको नेता हुदै २०७१ सालमा महाधिवेशन बाट एमालेको अध्यक्ष हुन सफल भएका थिए ।२०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्न सफल मात्रै भएनन । ओलीले नयाँ इतिहास समेत रच्न सफल भएका थिए । अहिले फेरि एकपटक महान जिम्मेवारी बोकेर केपी शर्मा ओली ४१ औ प्रधानमन्त्री बन्न सफल भएका छन ।
अहिले समय र घटनाक्रम फेरिएको छ पहिलोपटक प्रधानमन्त्री हुदा जति चुनौती थियो अहिले भने समय र घटना र राजनीति पनि फेरिएको छ ।
छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका पनि अहिले एकाएक फेरिएको छ जसलाई पहिले नेपाली जनताले जसरी श्रद्धापुर्बक सम्मान गर्दथ्थे अहिले नाकाबन्दी पछि एकजना पनि नेपाली जनता उनी प्रति पोजेटिभ छैनन ।ससाना बालबालिका समेत भारत र मोदी नकारात्मक छन ।
प्रधानमन्त्री ओलीले राष्ट्र राष्ट्रियता स्वभिमान शान्ति र लोकतन्त्रप्रति सरकार प्रतिबद्ध रहेको जनाउँदै संविधान निर्दिष्ट मौलिक हकको प्रत्याभूतिका लागि सरकार लागिपर्ने बताएका छन् । ओलीले ‘सुखी नेपाली, संमृद्ध नेपाल’ को चाहना पूरा गर्न सरकारले चालेका कदमहरुप्रति सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् जसलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
अब बामपंथी गठबन्धनबाट जनताले धेरै आशा र भरोसा राखेकाछन् निर्वाचनको समयमा सामाजिक सुरक्षा भत्ता ५ हजार रूपैयाँ पुर्यारउने जनतालाई रोजगारी दिने भनेर जुन प्रतिबद्धता जनाएका थियो अब भने त्यो कुरा ब्यबहारिक रूपमा उतार्न जरुरी छ ।अहिले देउवा सरकारले जुन सामाजिक सुरक्षा भत्ता बढाउनुका साथै उमेर घटाउने जुन काम गरेर छोडेका छन् त्यसलाई निरन्तरता नदिने भनिसकेको छ ।अब ओली सरकारले नेपाली जनता संग गरेको बाचा कबोल कसरी पूरा गर्छ त्यसलाई सफल बनाउन आर्थिक स्रोत कसरी जुटाउने काम गर्छ त्यो भने हेर्न बाकी नै छ ।
केही दिन अघि प्रधानमन्त्री केपी ओलीले कालो धनीलाई सरकारले छुट दिनुपर्ने भनेर बोलेको भनेर बिबादास्पद भनाइ बाहिर आएको थियो तर अहिले सरकार प्रमुख बनेपछि भने ओलीले भाषा परिवर्तन गरेका छन ।
प्रधानमन्त्री ओलीले नेपालभित्र वैधानिक रुपमा लकेर बसेको पुँजीलाई परिचालन गर्ने भन्ने कुरालाई कालोधनलाई छुट दिने भन्ने अर्थमा नबुझ्न आग्रह गरेका छन् ।यस बाट के कुरा बुझ्न सकिन्छ भने कालो धनीलाई सेतो बनाउन दिने पक्षमा अहिलेको सरकार छैन भन्ने स्पष्ट हुन्छ । हो साच्चै सरकार संग हिम्मत छ भने कालो धनलाइ रास्ट्रिय करन गर्नुपर्छ ।
अहिले सरकारले कालो धनीलाई रास्ट्रियकरण गर्ने निति ल्याउन जरुरी छ ।अहिले बामपंथी सरकारले ५ बर्ष सम्म देश र जनताको हितमा कार्यक्रम ल्याउन सक्नुपर्छ ।जति कुरा गर्न सजिलो छ काम गरेर देखाउन र्गाहो नै छ ।हामी संग साधन र स्रोत प्रशस्त छ तर त्यसलाई पूरा गर्ने इच्छाशक्ति नभएको कारणले काम हुन नसकेको हो अब भने रास्ट्रबादी नेताको नेतृत्वमा नयाँ सरकार बनेको छ यसलाई सफल बनाउने काम सबैको हो ।
अहिले राजनीति घटना क्रमले नयाँ रूप लिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन । मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका मात्र छैनन भारत भ्रमणको निम्तो समेत दिएका छन । केही दिनअघि भारतीय परराष्ट्र मन्त्री सुषमा स्वराजले नेपालको भ्रमण गरेर फर्केका छन । अब सरकारले छिमेकी भारत र चीन दुबै मुलुक संग सम्बन्ध राम्रो बनाउन जरुरी छ रास्ट्रबादी छवि लाई कायमै राख्न जरुरी छ ।अझै पनि सरकार लाई मागिखाने भाडो ठगिखाने भाडो बनाउनु हुदैन नेपाली जनताको हितमा देशको हितमा काम गरेर देखाउन जरुरी छ । नेपाली पुरानो उखान जस्तो दाइत काले भाइ पनि काले काले काले मिलेर खाउ भाले को सिद्धान्तमा भने क्रम भंग गर्न जरुरी छ ।जसरी हिजो चुनावको समयमा एमाले र माओबादी केन्द्र लाई एउटै शक्तिशाली पार्टी बनाउने भनेर जुन कसम खाएका थिए त्यसलाई पद र सरकार लाई धुरी नबनाईकन देश जनता र कार्यकर्ताको भावना अनुसार चल्न जरुरी देखिन्छ ।


















































































































































































































