अहिले फेरि देशमा नयाँ रास्ट्रबादी सरकार गठन भएपछि देशको जनतामा फेरि नयाँ अाशाकाे किरण छाएको छ । हिजो ९ महिनासम्म छिमेकी मुलुक भारत संग देश र जनताको पक्षमा वकालत गरेर भारत संग एक इन्च पनि नझुकाे प्रधानमन्त्री केपी शर्मा अाेली अहिले बहुमत सहितको सरकारकाे प्रधानमन्त्री भएका छन् ।
अहिले मुलुकमा सबैभन्दा खराब कुराले डेरा जमाएकाे थियो त्यो हाे नातावाद कृपावाद र फरियावाद हाे यो कुरा ठुला वडा मात्रै हाेइन साना बालबालिका समेत परिचित छन् ।राणा शासन देखि पंचायती शासन बहुदलीय शासन हुदै अहिले मुलुक गणतन्त्रमा प्रबेश गरिसकेको समयमा समेत नातावाद कृपावाद र फरियावादले छाेड्ने त कुरा छाडाै अझै संस्थागत हुदै गइरहेको बेला नेपालका चर्चित राजनीति पात्र पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा भ्रष्टाचार गर्ने जुनसुकै शक्तिलाई पनि अब सरकारले बाकी नराख्ने अभिब्यक्ती दिएका छन ।अहिलेसम्म देशमा जसरी भ्रष्टाचार संस्थागत भएकाे छ त्यो त नातावाद कृपावाद फरियावाद र कमिसनवाद कै कारण हाे भन्ने कुरालाई अब सबै सामुन्ने भनी रहनुपर्ने बिषय नै भएन ।
बामपंथी गठबन्धन गरेर झन्डै झण्डै दुई तिहाइ सिट जित्न सफल एमाले र माअाेबादी केन्द्रकाे बामपंथी सरकार देशमा गठन भैसकेको छ ।
अब ५ बर्ष ईन्द्र काे बाउ चन्द्रे अाएपनि बामपंथी गठबन्धनकाे सरकार तसमस गर्न सक्ने छैन । सायद यहीँ भएर हाेला माअाेबादी केन्द्रका अध्यक्ष प्रचण्डले कडा खालको अभिब्यक्ती दिएको स्पष्ट छ ।
कम्युनिष्टहरूको पक्षमा झण्डै दुई तिहाई जनमत आएको बेला बनेको सरकारका अगाडि देश विकासबाहेक अन्य कुनै कुरा प्राथमिकतामा नभएको प्रचण्डकाे भनाइ सान्दर्भिक मान्नुपर्छ । त्यसका लागि भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्ने ‘अहिले न्यायालयदेखि, कर्मचारीतन्त्र र सुरक्षा सन्यन्त्रमा पनि बेथिती छ भन्ने सुनिन्छ। दुवै पार्टीको नेतृत्व तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोड्ने अठोट गरेका छौँ भनेर जसरी प्रचण्डले सहिदकाे कसम खाएर भनेका छन् यसलाई सकारात्मक मान्नुपर्छ ।यसलाई खाली नाराकाे रूपमा हैन ब्यबहारमा लागू गर्न सक्नुपर्छ । प्रचण्डले अहिले जसरी ‘न्यायालयमा बेइमानी गर्ने, जाली फटाहाहरूका पक्षमा न्याय दिनेहरूलाई महाअभियोग लगाउने समय आएको भ्रष्टाचार गर्ने कर्मचारीतन्त्रलाई जेल हाल्ने बेला आएको त्यसो नगरे विकास सुशासन सम्भव नभएको भनेर जुन अभिब्यक्ती दिए साच्चै सत्य र वास्तविक हाे । भ्रष्टहरूलाई तह लगाउन नसके जनताले हामीलाई नै सजाय दिने कुरा हामीलाई थाहा छ भनेर मन देखि सत्य कुरा बाेलेका छन् ।जति बाेल्न सजिलो छ त्यति ब्यबहारिक रूपमा गार्हो छ ।नातावाद कृपावाद फरियावाद कमिसन बादले कुनै पनि ठाउँ बाकी छाेडेकाे छैन ।अहिले हामी २१ अाै सताप्दीमा छाै मुलुक सङघिय स्वरूपमा गैसकेकाे छ हामीले अहिले पनि सानो भन्दा सानो सरकारी काम फत्ते गर्न घुस नदिए सम्म केही हुने वाला छैन सबैले मालदार ठाउँमा जान नजराना चढाउनु पर्छ बिना पैसा कसैको पनि न त प्रमाेसन हुन्छ न त केही काम नै सबै सबै कुरा गर्न लाखौं कराेडाै रूपैयाँ खर्च गरेको निकायलाई कसरी कार्वाही गर्न सक्छ अहिलेकाे सरकारले सबै नेपाली जनताको मात्रै हैन बिदेशीहरूकाे नजर पनि परेको देखिन्छ ।
देशमा भएको एउटा भ्रष्टाचारीलाइ तह लगाउने निकाय अख्तियार अनुसन्धान दुरुपयोग अायाेग अहिले छ कि छैन थाहा छैन यसलाई देशी बिदेशी शक्ति मिलेर निकम्मा बनाउने काम भइसकेको छ ।अहिले फेरि देशको प्रधानमन्त्री भइसकेका ब्यक्तिबाट अाएकाे कुरालाई कसरी सरकारले ब्यबहारिक रूपमा अगाडि बढाउने त्यो पहिला सरकारकाे नीति हुनुपर्छ ।यसलाई हेर्ने निकाय भ्रष्टाचार गर्ने लाई गर्ने सजाय दिने हुनुपर्छ ।अहिले नारा जति सजिलो छ साच्चै ब्यबहारिक रूपमा त्यसलाई लागू गर्न धेरै गार्हो छ ।नेपाल धेरै भ्रष्टाचार हुने देशमा परिसकेको छ सबैभन्दा बढी भ्रष्टाचार अहिले राजनीति कारणले नै हुने गरेको देखिन्छ ।अहिले पनि गृह मन्त्री हुन पार्टी भित्र मारामार भएको अहिले पनि सरकारमा जान तछाड मछाड किन गरिरहेका छन् त के साच्चै देश र जनताको लागि हाे त अबश्य हैन अहिले पनि जसरी भए पनि शक्ति र सत्तामा पुग्ने अनि अाफ्नाे सात पुस्तालाई कमाउने भन्दा अर्को कुनै लक्ष्यण देखिदैन ।अनि कसरी कुन अाधारमा भ्रष्टाचार हटाउन सकिन्छ अनि कसरी घटाउन सकिन्छ कुरा स्पष्ट छ ।अहिले पनि देशमा खुलेअाम घुस माग्ने कुरा सामान्य भइसकेको छ
पैसा बिना कुनै पनि काम सहजै हाेला भनेर कसैले नसाेचे हुन्छ । कुनै पनि ठाउँ अहिले अछुतो छैन कित जहाँ पनि अाफ्नाे मान्छे चाहियो कित पैसा नै चाहियो यस्तो अबस्था छ देशमा जतिसुकै कुरा गरे पनि नातावाद कृपावाद फरियावाद अहिले पनि संस्थागत रूपमा चलिरहेको छ तर अहिले त्यसलाई घटाउने काम नेतृत्वले गर्न सक्छ कि सक्दैन प्रमुख कुरा त्यो हाे ।अहिले प्रचण्डले भन्नू भए झै भ्रष्टाचार लाई सजिलोसँग त
भ्रष्टाचार देश र जनताको शत्रु हाे भन्ने कुरा बुझ्न सकेमात्र भ्रष्टाचार र भ्रष्टाचारी लाई ठेगान लगाउन सकिन्छ ।अहिले छाेटाे समयमा भ्रष्टाचार गरेर लाखौं कराेडाै सम्पत्ति कमाएका छन् तिनकाे सम्पत्तिको स्राेत खाेजेर छानबिन गर्ने कार्बाही गर्ने हिम्मत अहिलेकाे सरकार संग हुन जरुरी छ ।
अहिले सरकार बनाउन नातावाद मन्त्री बन्न नातावाद सचिव बन्न नातावाद प्रहरी प्रमुख बन्न नातावाद र पैसाको चलखेल हुने अबस्था कायम रहेसम्म यो देशमा भ्रष्टाचार अझै बढ्ने छ घट्ने संभावना छैन ।अहिले बामपंथी गठबन्धन सरकार लाई साच्चिकै लाेकप्रिय बनाउने हाे भने भ्रष्टाचार न्युनिकरण गर्न सके धेरै समस्या समाधान हुनेछ ।


















































































































































































































