३ श्रावण २०८३, आईतवार

 

सिद्धार्थ बैंकको नगद फिर्ता योजना

सिद्घार्थ बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा कार्डका ग्राहकहरूले उक्त कार्डको प्रयोग गरी वस्तु तथा सेवा खरिद गर्र्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत यस बैंकका भिसा कार्डका नयाँ ग्राहकहरूले आफ्नो भिसा डेबिट कार्ड एक्टिभेट गरेको १५ दिन भित्र उक्त कार्डबाट कारोबार गरेको खण्डमा उक्त पहिलो कारोबारअन्तर्गत भएको कुल खरिद रकमको १५ प्रतिशत वा अधिकत्तम १ हजार रुपैयाँसम्मको नगद आफ्नो खातामा फिर्ता पाउनु हुनेछ । यसै गरी भिसा कार्डको प्रयोग गरिरहनु भएका बैंकका ग्राहकहरूले नेपालभित्र आफ्नो भिसा डेबिट÷क्रेडिट÷प्रिपेड कार्डमार्फत् तीन वा तीनभन्दा बढी खरिद कारोबारमा कुल न्यूनतम १ हजार रुपैयाँको खरिद गरेको खण्डमा आफ्नो खरिद रकमको १० प्रतिशत वा अधिकत्तम १ हजार रुपैयाँसम्मको नगद आफ्नो खातामा फिर्ता पाउन सक्नु हुनेछ ।
बैंकले सञ्चालनमा ल्याएको यो योजना चैत मसान्तसम्म जारिरहने जानकारी गराएको छ । बैंक सुत्रबाट प्राप्त भएको जानकारी अनुसार यस योजना सञ्चालनमा ल्याउनुको मुख्य अभिप्राय ग्राहकहरूलाई वस्तु तथा सेवाको खरिद गर्दा नगदको प्रयोगको सट्टा कार्डमार्फत भुक्तानी गर्न अभिपे्ररित गर्नु रहेको जानकारी हुन आएको छ ।

 कारोबारबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung