८ कार्तिक २०८३, शनिबार

 

युवाहरुलाई बिदेश जानबाट तत्काल रोक्न सक्ने अवस्था छैन –मन्त्री खनाल

कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल‘बलदेव’ले युवाहरु रोजगारीको लागि बिदेश जानबाट रोक्न सक्ने अवस्था अहिले नभएको बताएका छन । प्रेस सेन्टर नेपाल बागलुङले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खनालले स्वदेशमा नै प्राप्त रोजगारी नभए सम्म बिदेश जानबाट रोक्न नसक्ने अवस्था रहेको बताएका हुन ।

नाराको भरले मात्र चल्दैन ,खनाले भने ,युवाहरुलाई स्वदेशमा नै रोजगारी दिलाउने बाताबरण तयार गर्नु पर्छ । अबको १० बर्षमात्र युवाहरुलाई बिदेश जानबाट रोक्न सकिने मन्त्री खनालले बताए । एक हजार युवाहरुलाई रोजगारी दिलाउने गरि योजना बनाउन आफुले मन्त्रालयमा काम थालेको बताए ।

कृषिमा आत्मनिर्भर बनाउनको लागि सरकारले नय“ा योजना बनाउदै गरेको अहिले मुलुक दुध र गहु“मा आत्मनिर्भर भएको बताउदै अबको दुई बर्ष भित्र चामलमा पनि आत्मनिर्भर बनाउन सकिने बताए । अहिले आयातमात्र रोक्न सकेमात्र पनि मुलुकको अर्थतन्त्रमा सुधार आउने उनको भनाई छ । मन्त्री खनालले मुलुकका सात ओटा प्रदेशलाई कृषि जोन बनाउ सरकार लागिरहेको बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमण अगाडी नै नेकपा एमाले र माओबादी केन्द्र बिच पार्टी एकता हुने बताएका छन । प्रधानमन्त्री ओलीको भारत भ्रमण र पार्टी एकताबिच कुनै सन्दर्भ नरहेको बताए । मन्त्री खनालले पार्टी एकता गर्ने बिषयमा माओबादीबाट कुनै अवरोध नरहेको बताए । उनले पार्टी एकता पछि सरकारको नेतृत्व भने हेरफेर हुने सक्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung