उत्तर कोरियाली नेता किमले अचानक चीन भ्रमण गरेर विश्वलाई उसको मुख्य साझेदार को हो भनेर थाहा दिएको छ । किमको भ्रमणसंगै उत्तर कोरिया र अमेरिका विचको संभाम्वित वार्तामा चीनको भूमिका झनै बढ्ने अनुमान राजनैतिक विश्लेषकहरूले गरेका छन । कसैलाई थाहै नदिई बेइजिङ पुगेर उत्तर कोरियाको नेता किम जोङ उनले चिनियाँ समकक्षी सी जिनपिङसंग महत्त्वपूर्ण वार्ता गरेपछि विश्वको ध्यान यस भेटर्वाता तर्फ मोडिएको छ ।
अहिल्यैसम्मको उच्च क्षमताको आणविक हतियार र अमेरिकासम्म मार हान्न सक्ने लामो दुरिको मिसाईल उत्तर कोरियाले लगातार सफल परिक्षण गरेपछि अमेरिका ,जापान र दक्षिण कोरियासंग उतर कोरियासंगको संम्वन्धमा ठुलो तनाव उत्पन्न भएको थियो । अचानक किम जोङ उन आफ्नो श्रीमती री सोल जुसंग रेल चढेर बेइजिङ पुगेर अमेरिकासंगको प्रस्तावित शिखर सम्मेलन बारे चीनसंग छलफल गरेको हो । किमले सन् २०११ मा देशको नेतृत्व गरेपछिको पहिलो चीन भ्रमण हो ।
चिनियाँ राष्ट्रपति सीले नेता किमलाई ग्रेट हल अफ पिपुल्स काग्रेसमा विशेष सम्मान ,स्वागत र रात्री भोजको आयोजना गरेको थियो ।उत्तर कोरिया नेता किमले यहि अप्रिल महिनामा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र आगामी मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ ।
चिनियाँ राष्ट्रपतिसंगको वार्तामा नेता किमले अमेरिका र दक्षिण कोरियाले शान्ति र स्थिरताको वातावरण तयार गरेमा कोरियाली प्रायदीपमा निशस्त्रीकरण संम्भव भएको बताए । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई आफू उपयुक्त वातावरण भए आणविक हतियार त्याग्न प्रतिवद भएको चीनको सरकारी संचार माध्यम सिन्ह्वाले जनाएको छ ।
नेता किम पत्नी री सोलसंग आइतवार चीन पुगेर मंगलवार स्वदेश फर्किएका हो ।यस भमणलाई विश्व समुदायले अति सुरूचि पुर्वक हेरेका छन । उत्तर कोरियाली नेता किमको चीन भ्रमण बारे चीनले अमेरिकालाई थाहा दिएको वासिङटनले पुष्टि गरेको छ । गत महिना अचानक अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेता किम जोङ उनसंग वार्ता गर्ने भनेको थियो ।
















































































































































































