२८ बैशाख २०८१, शुक्रबार

 

बिमका जेष्ठ नागरीकलाई सम्मान

मालीका गाउँपालिका ७ बिमका जेष्ठ नागरीकहरुलाई सोमबार नगद सहित सम्मान गरिएको छ ।
रुपप्रसाद पुन, दल शेरपुञ्जा लगायतको पहलमा प्रवासमा बसोबास गर्ने बिमबासीहरुको पहलमा स्थापना भएको कोषबाट १०३ जना जेष्ठ नागरीकलाई पाँच सय रुपैयाका दरले नगद सहित सम्मान गरिएको हो ।

कोषका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष रेशम जुक्जालीको अध्यक्षता, सचिव सुरमान गर्बुजाको सञ्चालन र वडा सदस्य वुद्धीबहादुर जुक्जालीको स्वागत मन्तब्यमा सम्मान तथा नगद वितरण कार्यक्रम सम्पन्न भएको थियो । चार लाख सत्तरी हजार रुपैयाको कोषको ब्याजबाट बिमका जेष्ठ नागरीकहरुलाई प्रत्येक वर्ष नगद सहित सम्मान गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्