नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विभिन्न भूधरातलीय विशेषताले भरिएको राष्ट्र हो । यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजाति र उपजातिहरुमध्ये नेवार पनि एक हो । नेवारहरु नेपालमा नेपाल राज्यको उत्पत्तिकालदेखि नै बसोबास गर्दै आएको प्रमाण र जनश्रुति नेपालको ऐतिहासिक वर्णनहरुको अध्ययनबाट प्रमाणित छ । नेवार नेपालका विभिन्न आदिवासी जनजातिमध्ये एक हो । यसको आप्mनै भाषा, आप्mनै लिपि, आप्mनै संस्कृति रहनुका साथै अठारौं शताब्दिको प्रारम्भसम्म यहाँ नेवारहरुको आप्mनै राज्यव्यवस्था रहेको पाइन्छ । तत्कालीन राजा पृथ्वीनारायण शाहको एकीकरण प्रयासपश्चात् नेपालमा नेवारहरु नेपालको विभिन्न भूभागमा फिँजिएर रहने गरेको पाइन्छ ।
नेवार जाति भाषा, साहित्य, कला, संस्कृतिको दृष्टिकोणबाट एक सम्पन्न जनजाति हो भन्दा अत्युक्ति नहोला । नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्तिका लागि राष्ट्रले पेश गर्नुपर्ने आप्mनो पहिचानको लिपिमा नेवारहरुले प्रयोग गर्दै आएको प्रचलित रञ्जना लिपि पेश गरेपछि नै नेपाल उक्त संघको सदस्य बन्न सफल भएको गौरव नेवार समुदायलाई प्राप्त छ । यसरी नै यस समुदायले परापूर्वकालदेखि अपनाउँदै आएको विभिन्न सांस्कृतिक परम्पराले नेपाललाई अनेकतामा एकता भनेर गर्व गर्ने अवसर मिलेको छ । यहाँ नेवारहरुले आप्mना छोरीबेटीको विवाहपूर्व अपनाउनुपर्ने केही महत्वपूर्ण विधिविधानहरुमध्ये इहिँ (बेल विवाह) को बारेमा प्रकाश पार्ने जमर्को गरिएको छ ः
इहिँ (बेल विवाह) नेवारहरुलाई अरु जाति जनजातिमाझ पहिचान गराउने एक विशेष संस्कार हो । यो संस्कार अरु जाति जनजातिले अपनाउँदैनन् । नेवार संस्कारअनुसार कन्याहरु रजस्वला नहुँदै बिजोर वर्ष (५ देखि ११ वर्ष) को उमेरभित्र इहिँ (बेलसँग विवाह) गराउने परम्परा छ । यस परम्पराको पछाडि एउटा धार्मिक किम्बदन्ति रहेको छ । कुनै समयमा भगवान शिव र पार्वती पशुपति आर्यघाट क्षेत्रमा घुमिरहेको बेला त्यहाँ एउटी महिला आप्mनो श्रीमान्को स्वर्गवास भएको कारण आपूm बिधवा हुनुपरेको र जीवनभरि दुःखपूर्ण वैधव्य जीवन बिताउन परेकोले विलाप गरिरहेको कुरा थाहा पाएपछि पार्वतीले शिवसँग ‘के महिलाहरु यस्तो अवस्थामा वैधव्य जीवन बिताउन नपर्ने कुनै उपाय छैन ?’ भनी प्रश्न गरिन् । शिवजी यो अप्रत्याशित प्रश्नबारे एकछिन घोरिए र तत्काल एउटा उपाय सुझाए कि यदि कन्याहरुलाई बाल्यावस्थामै भगवान् विष्ण्ुको प्रतीक सुवर्णकुमार (बेल) को प्रतिमा बनाई त्यो प्रतिमासँग विवाह गरिदिएमा तिनीहरु कहिल्यै विधवा रहनुपर्ने छैन । यसरी काठमाडौं उपत्यकामा परापूर्वकालदेखि नै बसोबास गरी आएका नेवारहरुमाझ यो कुरा एक कान, दुई कान मैदान भयो र नेवार समुदायमा कन्याहरुको विवाह भगवान विष्णुका प्रतीक सुवर्णकुमार (बेल) को पं्रतिमासँग बाल्यावस्थामै वैदिक विवाह गरिदिने प्रचलन अगाडि बढ्यो । तर नेवार युवाहरुको मनमस्तिष्कमा एउटा डरले जरो गाड्यो । भगवान् विष्णुका प्रतीकसँग विवाहित केटीको सम्मुख पर्न केटाहरु डर मान्न थाले । बेलसँग विवाह गरेका केटीहरुको सम्मुख जानुपर्दा केटाहरु डरको कारण मुख छोप्ने गर्न थाले ।
अर्कोपटक फेरि शिवपार्वती उक्त क्षेत्रको भ्रमणका लागि निस्कँदा त्यहाँको जनसंख्या घट्न गई त्यहाँको चहलपहल, रौनकतामा कमी आएको महसुस भयो । यसबारे पार्वतीले भगवान विष्णुको आराधना गरी विष्णुलाई यसको यथार्थ कारण र सोको निराकरणबारे प्रश्न गरिन् । विष्णुले ‘म हरेक पुरुषको हृदयमा लुकेर बसेको हुन्छु, त्यसैले कुनै पनि पुरुषको विवाह भनेकै मेरो विवाह भन्ने सम्झनुपर्दछ ।’ भन्ने जवाफ दिए । यसपछि शिवले बागमतीको पवित्र जलले भरिएको कलशमा मन्त्रोच्चरण गरी सुवर्णकुमार (बेल) सँग विवाह भएका कन्यामा कुनै आपत्ति नहुने यथार्थ स्पष्ट पारी यस प्रकारको विवाह सँस्कार अगाडि बढाए भन्ने मान्यता प्राचीन कालदेखि नै रही आएको बताइन्छ ।
इहिँ कार्यक्रम प्रायः दिन÷लगन हेराई÷जुराई गर्नुपर्दछ । सामूहिक रुपमा गर्ने चलन छ । यो पुरुषहरुको कर्म चलाउनका लागि चूडाकर्म अथवा व्रतबन्ध गरेजस्तै कन्याहरुको कर्म चलाउने संस्कार नै हो । यो कार्य सम्पन्न भएपछि नेवार समुदायका कन्याहरुलाई आप्mनो सिउँदोमा सिँदूर सजाउन पाउने छुट हुन्छ । यो कर्म ८ वर्षका कन्याहरुका हकमा बन्देज गरिएको पाइन्छ तथापि अप्ठ्यारो अवस्थामा ८४ पूजाका बखत गर्भको गणना गरी उमेर पु¥याउने गरेजस्तै यो बेला पनि गर्भको हिसाब गरी ९ वर्ष प्रवेश गरेको मानी कर्म चलाउने प्रथा पनि पाइन्छ । इहिँ यज्ञ गरी विवाह भएका कन्याहरुको कुनै पुरुषसँग विवाह गर्नुपर्दा हवन यज्ञको आवश्यकता हुँदैन । तर इहिँ नगरेका कुनै कन्याको रजस्वला भयो भने तिनलाई कर्म नचलेको कन्या भन्ने गरिन्छ । यस किसिमका कन्याको विवाह गर्नुपर्दा हवन यज्ञ गरेर मात्र विवाह गरिदिने चलन छ । नेवारी संस्कारअनुसार इहिँ यज्ञ गरी विवाह भएका कन्याहरु सदा सधवा रहने विश्वास गरिन्छ ।
यो कर्म सम्पन्न गर्न मूलतः नेवार ब्राम्हण द्यो भाजु नै पुरोहित हुन्छन् । कथंकदाचित् नेवार ब्राम्हण उपलब्ध हुन नसकेमा मात्र कहीँ कतै स्थानीय ब्राम्हण पुरोहितद्वारा यो कर्म सम्पन्न गर्ने गरेको पनि पाइन्छ तथापि प्रायः नेवारहरु नेवार पुरोहित उपस्थित भएको सामूहिक इहिँलाई नै पहिलो प्राथमिकता दिने गर्दछन् ।
इहिँ यज्ञ (बेल विवाह) को विधि सामान्यतया यस प्रकार छ ः
१. पहिलो दिनलाई अधिवासन भनिन्छ । यो दिनमा पूरा घर सफा गरी परिवारका सबै सदस्य नुहाइधुवाइ गरी घरको कोठाचोठा चोखो पारी नजिकको नाताकुटुम्बलाई डाकी बयर श्राद्ध गर्दछन् । यस क्रममा गणेश, कुलदेवता, आगँद्य, आ–आप्mनो रीतिथितिका आधारमा अन्य देवीदेवताको पूजाआजा गरी बेलविवाहको काम सुरु हुन्छ । यो दिनको विधिलाई दुसो÷धुसः (पूर्वाङ्ग÷अधिवासन) भनिन्छ । यो दिनमा खास गरेर कन्याहरुको हात–खुट्टाको नङ कटाउँछन् फुपू हुनेले त्यो काटिएको नङ भुइँमा खस्न नदिई चरेशको थालमा थाप्छिन् । यो अवसरमा फुपूलाई एकजोर कपडा सगुनका रुपमा दिने गर्छ । आधा पाइतलासम्म अलः (रातो रङ) लगाइदिन्छन् । द्यो भाजु र मय्जुले लहरै राखेर पूजा संकल्प गराउँछन् । द्योमय्जुले सबै केटीहरुलाई टीका लगाइदिई इहिँपर्सि (एक किसिमको गुन्यू) बेरिदिन्छिन् । सबैको अगाडि चित्रकारी गरेको माटोको थाल (सलाःपा) राखिएको हुन्छ । यसपछि कुम्हःका (धागोको गठरी) लगाइदिई फेरि टीका छर्किदिन्छिन् । यति गरिसकेपछि फलिंबजि ख्वाउँछ । यसपछि कन्यहरुलाई दूध, फलपूmल, रोटी, लावा आदि ख्वाउँछन् । तर यो दिनमा नून ख्वाउनुहुँदैन । यसपछि दहीसगुन थो–थोरै लगाइदिई एक–एकवटा पूmल राखी तयारी कुम्हःका लःल्हाय् गरेर दिन्छिन् । यसपछि ज्योना पातमा हलूपालु, कूचि, मदनफो, सुभाय्फो, कुँन्या, आँखे, लावा, मिकुसिँ, सख्खर, नौवटा पान पोको पारी कुम्हाःकामा बाँध्ने गर्दछ । यति गरेपछि पहिलो दिनको बयर श्राद्ध सम्पन्न हुन्छ ।
२. मुख्य बेल विवाह दोस्रो दिनमा हुन्छ । दोस्रो दिनमा हुने कार्यलाई कन्यादान भनिन्छ । यो दिनमा ब्रम्हादि कलशलाई ठाउँ ठाउँमा स्थापना गर्नुपर्दछ । मूलकन्याको घरको थाकालीलाई पूजा संकल्प गर्न लगाउँछ । द्यो भाजुले होम (यज्ञ) गर्नुपर्छ । यज्ञमा यथा कर्मअनुसार भएमा जोशी दैवज्ञ नभए ब्राम्हणले टीका पूजा गर्दछ । कन्याहरुले किसली पूजा गर्दछन् । सर्वप्रथम कन्याहरुले सुवर्णकुमारलाई अर्घ दिनुपर्दछ । यसपछि कन्यादान दिने कार्य अगाडि बढाइन्छ । सुवर्णकुमारलाई सुनको दक्षिणा चढाउनुपर्दछ । सबै कन्याहरुले इहिँपर्सि (एक किसिमको गुन्यू) लगाएर सलाःपाः (चित्रकारी गरेको माटोकोथाल) आफ्नो अगाडि राखी बेल समात्न लगाई सारीको पारीले हात बाँध्दिन्छ । पछि पूजाको काम अगाडि बढाई हात फुकाउने काम हुन्छ । हात फुकाइदिने ब्राम्हणलाई यसबापत र कन्यादानको कार्यबापत भनी दक्षिणा दिन्छ र पूजा गर्दै बेलसँग विवाह गरिदिने कार्य सम्पन्न हुन्छ । सबै कन्याहरुसँग ज्वालान्हायकं र सिन्हमू हुनैपर्छ । सबै बुबाहरु आ–आप्mना छोरीलाई काखमा राखेर अगाडि पूजा गरेर राखेको बेललाई कन्यादान दिन्छन् । यो दिन ब्रह्मक्व (ब्रम्हा लेखिएको घ्याम्पो) मूल ढोकामा राखी पूजा गरेर स्वागत गरी भिœयाई बेल विवाह गर्ने ठाउँमा सबैभन्दा माथि स्थापना गरिन्छ र सबैलाई पूजा होममा सरिक गराइन्छ । सबैलाई जल फूल दिई थकालिले सहयोगीलाई सिन्हमू प्रदान गर्छिन् । कन्याहरुलाई सिफारति (पाथीले अभिषेक गर्ने) गर्छ । सबै कन्यालाई लावा, अबिरले पूजा गर्छ । बच्चाहरुलाई बलि चढाइएको पशुको शरीरका अङ्गहरु थाय्भू अगाडि राखेर ख्वाउँछन् । सक्नेले आफन्तहरु, टोल छिमेकीहरु, साथीभाइहरुलाई निमन्त्रण गरी भोज ख्वाउँछन् । बेल विवाह भएको ठाउँमा भेट भएका कन्याहरुका बीच मित लगाउने चलन पनि कताकतै पाइन्छ । कन्यादान सम्पन्न भएपछि घरमा ल्याउँदा केटीलाई ढोकामा उभ्याई पूजा गरी स्वागत गरेर भित्राउने गर्दछ । घरमा सबैले चामल, फलपूmल र दक्षिणा राखेर दान दिने गर्छन् ।
३. दोस्रो दिनको कन्यादानको कार्यक्रम सम्पन्न भएपछि तेस्रो दिनमा गर्नुपर्ने विधिलाई चतुर्थी पूजा भनिन्छ । यसमा गणेशको पूजा हुन्छ । यसका लागि कलश १, सिन्हःमू १, ज्वालान्हाय्कं १, धौपती १ र सगुन दिनका लागि अण्डा (भएमा सिद्रा, बारा, मासु, अदुवा पनि) राखी थाकालि वा ब्राह्मणले संकल्प गर्दछ । कलश अर्चना पूजा आवश्यकताअनुसार गर्दछन् । कन्याहरुलाई आ–आप्mनो ठाउँमा बसाली ब्राम्हणले जलले अभिषेक गरिदिन्छन् । कन्याहरुलाई कलशमा पूजा गर्न लगाई स्तोत्र पनि सुनाउँछन् । यसपछि थाकालि र सहयोगीले कन्याहरुलाई सामान्य पूजाविधिमा सरिक गराई दही सगुन दिई लावा, फलपूmलले भरिएको पाथीले कन्यालाई अभिषेक गरी बत्ती दिई सबैले आशिर्वाद दिँदै लावा, अबिरले पूजा गर्छन्, थकालिले ब्राम्हणलाई टीका लगाइदिने, कलशहरुको पूजा गर्ने, दक्षिणा चढाउने, दिने तथा, कलश विसर्जन गर्ने काम हुन्छ । अन्तमा सबैलाई जल दिई टीका लगाइ दिई पूmल दिन्छ । थकालिले सहयोगीलाई सिन्हःमू दिन्छ, सहयोगीले थकालिलाई ज्वालान्हाय्कं दिन्छ र अन्तमा सबै कन्यालाई गणेश देवताको प्रसाद राखेको अण्डा सगुन दिन्छ र यसरी केटीलाई फुलको सगुन दिएपछि बेल विवाह सम्पन्न हुन्छ ।
घटीमा ५ कन्या, अभिभावक दुबै (बाबु आमा)
इहिँ गर्नुपर्दा जुटाउनुपर्ने सामग्रीहरुको विवरणः
पहिलो दिन ः क) पूजा थाली ख) सुकुन्दा ग) पञ्चपात्र (शंख÷अर्घसमेत) घ) फलपूmल ङ) चढाउने रोटी च) किस्ली पूजा छ) जःजङ्का ज) कुम्हः काः (धागो) झ) धूप बत्ती ञ) लावा ट) गुरु÷द्यो भाजुलाई दक्षिणा
दोस्रो दिनः क) पूजा थाली ख) सुकुन्दा ग) पञ्चपात्र (शंख÷अर्घसमेत) घ) फलपूmल ङ) चढाउने रोटी
च) किस्ली पूजा छ) जःजङ्का ज) बेलीको फूल (दब्स्वाँ) झ) धूप बत्ती ञ) लावा – १ माना ड) सिदा
ट) गाईको दूध, घ्यू, मह ठ) सुवर्णकुमारलाई सुनको प्रतिमा ढ) दक्षिणा ण) सिँदूर छर्कँदा गुरुलाई दक्षिणा
अन्य सामग्रीहरुः चामल (४ किलो), अरहर (रहरको दाल) – १ माना, मास – १ माना, मुँगको दाल – १ माना, आलु – ३ किलो, काउली (पूmलगोभी) – २ किलो, मूला – २ किलो, फर्सि – १ वटा, सानो÷ठूलो केराउ – १÷१ माना, बोडी – १ माना, किमा गरेको मासु – १ किलो, पूजा गर्नका लागि एउटा बोका वा बोकाको टाउको, पानको बेडा जनैपिच्छे १ देखि ७ बटा
सन्दर्भ स्रोत सामग्रीः
महेशचन्द्र प्रधानः बागलुङयेउ इहीँ यज्ञयेउ ऐतिहासिकता व गाईजात्रा छउ म्हसिका, मंकाः इनाप, २०७०, नेपाल भाषा मंकाः खलः बागलुङ ।
हरिओम राजोपाध्याय तथा बिन्दिरा राजोपाध्यायसँगको कुराकानी २०७०÷०१÷१७–१९, बागलुङ
काका कुलप्रसाद श्रेष्ठसँगको कुराकानी
प्रेम छोटा, नेवारको सांस्कृतिक परम्परा सिंह (श्रेष्ठ) पसःखलःको वंशावली, पृ. ३१
विनोदमान राजभण्डारी, गर्भदेखि मरणोपरान्तसम्म्को संस्कार, पिकाकः गीता राजभण्डारी, ने. सं. ११३०



















































































































































































































