१२ कार्तिक २०८३, बुधबार

 

ढोरपाटन नगरपालीकामा भेडाबाखा्रलाई पिपिआर र कुकुरलाई रेविज बिरुद्धको खोप लगाईयो ।।

बाग्लुङको ढोरपाटन नगरपालीकामा यस आर्थिक बर्षको चैत्र महिनादेखि बैसाख तेश्रो हप्ता सम्म नगरपालीका अन्र्तगतका ७ हजार पांच सय भेडा बाख्रामा पिपिआर रोग बिरुद्धको खोप र २५ कुकुरलाई रेविज बिरुद्धको खोप लगाईएको छ ।
बिगतका बर्षहरुमा भेडा बाखा्रमा पिपिआर रोग लागेर भेडा बाख्रा मर्ने र कृषकहरुलाई धेरै क्षेति हुने गरीएको बताउदै ढोरपाटन नगरपालीका अन्र्तगत पशुसाखा केन्द्रले उतm मात्रामा खोप कार्यक्रम सम्पन्न गरेको हो ।
गत चैत्र पहिलो सातादेखि सुरु भएको अभियानमा ढोरपाटन नगरपालीका अन्र्तगत वडा नं १ देखि ९ सम्मका अधिकांस गांउ गांउमै खोप प्राबिधिक पुगेर भेडा बाख्रालाई खोप लगाईएको र अझैपनी माथिल्लो लेकतर्फ चरिचरणका लागि लगिएका करिब ५ सय भेडाबाखा्रामा खोप लगाउन बांकि रहेको बुर्तिबाङ बसुसेवा कार्यालयका प्रमुख खुमानन्द पोख्रेलले बताएका छन ।
उनका अनुसार कृषकको घरघरमै पुगेर खोप निशुल्क लगाईएको र यसरी सबै क्षेत्रमा लगाइएको खोपका कारण आगामि दिनमा पिपिआर रोग कम हुंदै जाने बताए । त्यस्तै नगरपालीका अन्र्तगत पशु साखा कार्यालयले ढोरपाटन नगरपालीका अन्र्तगतका पशुहरुलाई समेत रेविज बिरुद्धको खोप लगाउने कार्यक्रम जारी रहेको बताईएको छ ।
गांउमा पालीएका कुकुरहरुमा रेविज रोग लाग्ने र उतm रोग लागेका कुकुरले मानिस तथा पशु चौपायालाई टोकेमा ठुलै समस्या निम्तन सक्ने भन्दै हालसम्म २५ वटा कुकुरमा रेविज रोग बिरुद्धको खोप लगाईएको र यस आर्थिक बर्षमा ५५ कुकुरलाई उतm खोप लगाउने लक्ष्य रहेको पशु साखा प्रमुख खुमानन्द पोख्रेलको भनाई छ ।
कतिपय कुकुरलाई गांउमै पुगेको समयमा र कतिपयलाई सम्बन्धित घरधनीले पशु कार्यालयमा लिएको अबस्थामा निशुल्क रुपमा उतm खोप लगाउने गरीएको पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung