
क्युबाले यो वर्ष ४२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यो संख्या गत वर्षको तुलनामा २ लाख बढी भएको पर्यटन अधिकारीले जानकारी दिएका छन। हालैको वर्षमा क्युबामा पर्यटन क्षेत्रमा राम्रो प्रगति भएको पाइन्छ ।
ल्याटिन अमेरिकी मुलुक क्युबामा गत वर्ष ४० लाख विदेशी पर्यटनले भमण गरेका थिए । यो संख्या सन २०१४ को तुलनामा १४ ।५ प्रतिशतले बढी भएको क्युबाली पर्यटन मन्त्रालयले जनाएको छ ।