अहिले सरकारले देशबाट यातायात क्षेत्रमा भएको सेण्डिकेट हटाउन सफल भएको छ । यसको लागि सरकारलाई धन्यवाद दिनुपर्छ । बर्षौसम्म कसैले पनि हटाउन नसकेको रोग सेण्डिकेट लाई सरकारले हटाएपनि आम उपभोक्ताले गर्ने यात्रामा भने अझैसम्म सकस कायमै छ ।
गृहमन्त्री रामबहादुर थापा बादल यतिबेला देशमा मात्रै हैन बिदेशमा समेत चर्चित बनिरहेका छन् तर जुन सेण्डिकेटको अन्त्य भयो तर जनताको दैनिकीमा भने कुनै फरक महसुस भएको देखिएको छैन ।राजधानीमा अहिलेसम्म सेण्डिकेट हटेपछि पनि राजधानी भित्र संचालित यातायात ब्यबसायीहरूको नानी देखि लागेको बानी भने अझैसम्म कायमै देखिन्छ ।
जनताले जे सोचेर सेण्डिकेट बिघटन गर्ने सवालमा सरकार लाई साथ दिए आम नेपाली जनताको साथ र समर्थन पाएको सरकारले यातायात ब्यबसायी लाई आम उपभोक्ता लाई सहज हुने गरि यातायात संचालन गराउने निश्चित गन्तव्यमा निश्चित समय भित्र पुर्यासउनु पर्ने सिटको क्षमता भन्दा बढी यात्रु कोचेर लैजान नपाउने नियमलाइ अझै बढी सक्रिय बनाउन जरुरी देखिन्छ ।
अहिले पनि देश बाहिरको अनुगमन गर्न गृहमन्त्री गृह सचिव लगायत सरोकारवाला निकायले नसके पनि
राजधानी भित्र अनुगमन गर्न सक्छ अहिले सबै यातायात ब्यबसायी लाई खारेज गरेर अहिले कम्पनीमा दर्ता गरेर चलाउन बाध्य पारेको छ त्यसको पनि अनुगमन गर्न जरुरी छ ।अहिले राजधानीका सडकमा गुडिरहेको यातायातका साधन कतिले कम्पनी दर्ता गरे गरेनन् त्यसको समेत अनुगमन गर्न जरुरी छ ।
अहिलेसम्म सडकमा सवारी साधन आम नेपाली जनताले पैसा तिरेर सुबिधा संग चढ्न पाइरहेका छैनन् सरकार बाहिर बाट हेर्दा जति शक्तिशाली देखिन्छ तर भित्र बाट भने त्यति धेरै मजबुत भने देखिदैन ।अहिले पनि कहाँ हो कहाँ अलमल भएको देखिन्छ साच्चै अहिले धेरै टाढा पुग्न संभब छैन राजधानी भित्रको ब्यथिती लाई हल गर्न सक्यो भने बाहिर त्यसको प्रभावले नै हल भएर जानेछ ।
अहिलेको सरकारले जनताको लागि राहत दिने कुरा धेरै टाढाको भयो कमसेकम जनताले पैसा तिरेर सहजै यात्रा गर्न पनि नपाउने अहिले समिति त कानूनी रूपमा खारेजीमा परेको छ कम्पनीमा दर्ता भएका मयुर लगायतका यातायात कम्पनीले सहजरूपमा सेवा दिने प्रतिबद्धता जाहेर गरेर काम पनि शुरूवात गरिसकेको छ तर पनि काठमाडौ पुरानो बसपार्क रत्नपार्क सुन्धारा कलंकी सातदोबाटो बानेश्वर कोटेश्वर लगायतका ठाउँमा अहिले पनि सवारी साधन माइक्रो बस मिनि बस लगायतका साधन चढ्न अझै पनि युद्ध मा होमिनु पर्ने अबस्था भए पछि कसरी सेण्डिकेट हटेको महसुस गर्ने आम नेपाली जनताले यो प्रश्नको जवाफ गृह मन्त्रीले दिनुपर्ने हो कि अझै अर्को कुनै निकाय छ ।
हेर्दा बिषय सानो छ तर भित्र भित्र भने जटिल नै देखिन्छ सरकारले चाहने हो भने समस्या केही पनि हैन समाधान निस्कन सक्छ जुन रफ्तारमा सरकारले सेण्डिकेट हटाउन लागि पर्या त्यही गतिलाई अबको दिनमा निरन्तरता दिन जरुरी छ ।अहिले पनि पुरानो बसपार्क देखि थानकोटको यात्रा गर्ने जनताको सकसमा कमि आएको छैन अहिले नाममात्रको सेण्डिकेट हटेको हो गाडीमा समितिको नाम पनि उहीँ छ यातायात ब्यबसायीको यात्रुलाई गर्ने व्यवहार पनि उस्तै छ जसले दैनिक रूपमा नगद भाडा तिरेर यात्रा गर्छन् उनिहरू चाहेर मात्रै हैन नचाहेर पनि यातायात ब्यबसायीले भने जस्तो गरि यात्रा गर्न बाध्य छन् बोलम सुनिदिने कोही छैन नबोलम समस्या ज्युकातिउ छ ।अहिले सरकारले सेण्डिकेट हटाउने ठूलो काम गरेको भनेर चर्चा गर्न भ्याइनभ्याई छ ।
यातायात क्षेत्रमा भएको भ्रष्टाचारको जालो चानचुने कुराले तोड्न गार्होा छ गृहमन्त्रीको प्रयासलाई मान्नुपर्छ तर त्यसपछिको बिकल्प पनि तयार गर्दै जान जरुरी छ ।राजधानीको सडक सवारी साधनको सङ्ख्या जनसंख्या सबैलाई मध्य नजर गर्दै सडकको गुणस्तर बढाउने देखि अहिले भएको ट्राफिक जामलाई ब्यबस्थापन गर्न जरुरी छ ।सडक किन जाम हुन्छन् के के काम गरेमा अहिले भएको समस्या समाधान गर्न सकिन्छ भनेर सरोकारवाला बसेर कार्य योजना बनाउन जरुरी देखिन्छ ।
साच्चै गर्छु भन्ने अठोट गरेको खण्डमा सहजै गर्न सकिन्छ नेपाली जनताको साथ र समर्थन सधै सरकारलाई हुनेछ ।अहिले सरकारी सहकारी स्वामित्वमा रहेको साझा यातायात जस्तो सवारी साधनमा सरकारले लगानी गरेर यसलाई देशभरी सुबिधा दिन जरुरी छ । सरकारले पनि यातायात क्षेत्रमा लगानी बढाउन जरुरी छ अहिले जसरी ब्यबसायीले एकाधिकार को अन्त्य गरेर खुला प्रतिस्पर्धाको आधारमा जनताले पैसा तिरेर सुबिधा लिन पाउने अधिकार लाई सुनिश्चित गर्ने काममा उपभोक्ता मन्च लगायतका सरोकारवाला निकायले आफ्नो भुमिका प्रभाबकारी बनाउन सक्नुपर्छ अहिले देशमा शक्तिशाली बामपंथी सरकार छ भन्ने छनक देखाउन सक्नुपर्छ ।कुरा समाजबादको गर्ने तर काम पुजीबादी गर्ने प्रबृत्तिको अन्त्य नगरीकन सरकारले जनतालाई सेवा र सुबिधा दिन सक्दैन अहिले काठमाडौ भएको सडक लाई १२ महिना भरी २४ सै घण्टा राम्रोसँग चल्ने बनाउन जरुरी छ ।
अहिले कलंकीमा बनिरहेको सुरूङ मार्ग लाई छिटोभन्दा छिटो सम्पन्न गरेर संचालन गराउन सकेको खण्डमा अहिले हुदै आएको जामको समस्या पनि केही हदसम्म भएपनि हल हुने देखिन्छ सानो पुरानो थोत्रो सवारी साधनलाई बिस्तारै बिस्तापित गरेर ठुलो बढी सिट क्षमताको सुबिधा सम्पन्न नगर बसहरू शहरी क्षेत्रमा संचालन गराउन जरुरी छ ।
अहिले काठमाडौ नागढुङा देखि कलंकी सम्मको सडकलाई छिटोभन्दा छिटो काम सम्पन्न गराउन गृहमन्त्रीको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।देशको राजधानी साच्चै सबैको आकर्षण केन्द्र बनाउने भुमिका अहिलेको शक्तिशाली बामपंथी सरकारले गर्न सक्यो भनेमात्र जनतालाई सरकारको भनाइ र गराइ प्रति बिश्वास हुनेछ ।
हैन भने गफले मुलुक चलाउनु मुर्खता हुनेछ देशभरीको सडकलाई चुस्त दुरुस्त बनाउन लगाउने काम सरकार को हो अहिले काम नगर्ने ठेकेदार लाई ठिक गर्ने दायित्व पनि सरकार कै हो अहिले बाकी भएको सेण्डिकेट लाई पनि हटाउन सकेमात्र समस्या समाधान हुनेछ ।



















































































































































































































