
जलजला गाउँपालिका ९ बनौमा बिहीबार क्षमत्ता अभिवृद्धी तालीम सम्पन्न भएको छ ।
गरिब संग विश्वेश्वर कार्यक्रमको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा बनौका जनप्रतिनिधि र छ वटा समूहका सचिव र कोषाध्यक्षको सहभागीता रहेको थियो । तालिमको जलजला गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले सहजिकरण गरेका थिए ।
कार्यक्रमका जिल्ला समन्वयकर्ता हिरामणी सापकोटाको सञ्चालन, बनौ मुल समितिका अध्यक्ष गमबिर फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष गौबहादुर पुनले गरिब संग विश्वेश्वर कार्यक्रमलाई प्रभावकारी बनाउन समुदाय सक्रिय बन्नुपर्ने बताए ।
सामाजिक परिचालक सुनिता फगामी पुनले स्वागत गरि कार्यक्रममा बनौमा गरिब संग विश्वश्वर कार्यक्रम मार्फत भएका गतिबिधि, उपलब्धी र आगामी योजनाको विषयमा पनी छलफल भएको थियो । स्थानीयबासीको आयआर्जन वृद्धीका लागि कार्यक्रमले सघाउदै आएको छ ।