१२ कार्तिक २०८३, बुधबार

 

पञ्चकोटमा मलमासको अवसरमा विभिन्न धार्मिक कार्य सञ्चालन

विश्वशान्ति सर्वसद्धिधाम पञ्चकोटमा मलमास अथवा पुरुषोत्तममासको अवसरमा विभिन्न धार्मिक कार्य सञ्चालन गरिएको छ । पुरुषोत्तममासको अवसरमा पुरुषोत्तम माहात्म्य पाठ परायण तथा अखण्ड हरी नाम सङकृतन गरिएको जनाइएको छ ।
विशेष पूजाआजा, यज्ञ–अनुष्ठान, शिलान्यास, नवगृह प्रवेश सप्ताह, नवाह आदि कार्य पनि अधिकमासका वेला गर्न नहुने र यो समयमा भगवान पुरुषोत्तमको आराधना गर्नुपर्ने पौराणिक मान्यता अनुसार त्रिदिवसीय कार्यक्रमको आयोजना गरि पुरुषोत्तम माहात्म्य पाठ परायण तथा हरी नाम सङकृतन गरिएको विश्वशान्ति सर्वसिद्धधामका महासचिव माधव प्रसाद शर्माले वताएका छन । शुक्रबारबाट सुरु भएको धार्मिक कार्य आईतबार सकिनेछ ।
मलमासको अधिपत्य सूर्य लगायत अरु देवता कसैलेपनि स्वीकार गरेनन र अधिकमास अर्थात मलमास दुखित हुँदै, भगवान विष्णुलाई आफ्नो पीडा, व्यथा एवं एक्लो भएको कथा भगवानलाई सुनाएपछि भगवान विष्णुले मलमासलाई सम्झाउँदै म आफ्नो जुन गुणको कारणले वेदमा, लोकमा र शास्त्रमा पुरुषोत्तम नामले प्रसिद्ध छु, त्यसै प्रकार मलमासपनि ‘पुरुषोत्तम नामले प्रसिद्ध हुनेछ र म स्वयम् मलमासको स्वामी हुनेछु । भन्दै यसरी अधिक मासको अधिपत्य स्वयम भगवान पुरुषोत्तमले स्वीकारगरी नेतृत्व गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिने गरिएको धामका प्रतिनिधि अध्यक्ष ऋषी प्रपन्नाचार्यले बताएका छन ।
उनले यस अवधिमा पुरुषोत्तम पाठ परायण तथा भजन संङकृतन गर्नाले भगवद भत्ति प्राप्त हुने तथा परलोकमा सुख शान्ति मिल्ने समेत वताएका छन । यो समयमा भगवान नारायणको आराधना गरिने भएकाले पुरुषोत्तममास पनि भन्ने गरिन्छ । मलमासको समयमा मांगलिक शुभ कार्यहरू गर्न नहुने धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung