२३ असार २०८२, सोमबार

 

१९ औं राष्ट्रिय सरसफाइ सप्ताह र ४५ औं वातावरण दिवस पाण्डबखानीमा आज सम्पन्न।

बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा दिगो विकासको आधार स्वच्छ खानेपानी र सरसफाइ युक्त बानी व्यावहार भन्ने मुल नाराका साथ १९ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा आज पाण्डबखानीमा अन्तर आमा समूह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। साथै ४५ औ वातावरण दिवस पनि सम्पन्न भएको छ।

गलकोट नगरपालिका कार्यालय र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना बागलुङको आयोजनामा भएको कार्यक्रममा वडा १० का सदस्य राम प्रसाद विक को सभापतित्यो गौमाया विक को स्वागत मन्तवय संगै भएको कार्यक्रममा प्लास्टिकजन्य बस्तु नजलाऔं,घरमा प्लास्टिकको प्रयोग कम गरौं भन्दै बगर,नव ज्योति प्रावि हुँदै गैराभाटीमा आएर कोण समापन भएको थियो।

अन्तर आमा समूह हाजिर जवाफमा प्रथम बाइगाउ दोस्रो सुनपानी तेस्रो बगर भएका थिए।साथमा सरसफाइ सम्बन्धि चेतना मुलक सांस्कृति गित नृत्य भएको थियो। भने कार्यक्रमको संञ्चालन परिचालिका पार्वती श्रीसले गरेको सहकर्मी सुरेश छन्त्यालले खबर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung