९ कार्तिक २०८३, आईतवार

 

श्रीमतीको दाइजो र प्रेस स्वतन्त्रता

नेपालीमा एउटा उखान छ कुरा जस्तो कुरा गरे इस्त फाट्छ नाच जस्तो नाच नाचे घाँघर फाट्छ भने जस्तो अहिले बामपंथी शक्तिशाली सरकारका मन्त्री महोदयहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणले अहिले बजारमा फेरि २०७२ साल बैशाख १२ गतेको गएको भन्दा ठूलो भुकम्प गएको छ ।
अहिले सार्वजनिक भएको सम्पत्ति बारे नेपाल टेलिभिजनको सिधा प्रश्न कार्यक्रम संचार मन्त्री गोकुल बास्कोटा संग सवाल जवाफ पछि कार्यक्रम बन्द गर्न निर्देशन दिनुभएको जानकारीले थप तरङ्ग पैदा गरेको छ । अहिले देशमा प्रेस स्वतन्त्रता के कति छ भन्ने कुरा एकपटक छर्लङ्ग भएको छ ।
सरकारको मातहतमा रहेको नेपाल टेलिभिजन कार्यक्रममा पत्रकार राजु थापाले देशका जिम्मेवार सुचना तथा संचार मन्त्री संग भएको अन्तरवार्तामा अहिले सार्वजनिक गरिएको सम्पत्ति विवरण बारे प्रश्न गरेर नेपाली जनतालाई सुसूचित गर्न खोज्दा कार्यक्रम नैे बन्द गराउनु अवश्य पनि राम्रो मान्न सकिदैन ।

एक त देशमा बनेको नयाँ संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ तर लामो समय पत्रकारिता गरेर राजनीतिमा प्रवेश गरि देशको शक्तिशाली बामपंथी सरकारको संचार मन्त्री हुन सफल हुनुभएका मन्त्रीले समेत आफै सार्वजनिक गरेको सम्पत्ति विवरण बारे पत्रकारले प्रश्न शोध्दाखेरि जवाफ दिन गार्‍हो हुन्छ भने नेपाली जनताले अहिलेको सरकार संग के आशा गर्न सकिन्छ ।

मन्त्री बाँस्कोटाले सार्वजनिक गर्नु भएको १७ टोला सुन र ६० टोला चाँदीको बिषयमा स्पष्ट गर्न खोज्दा कार्यक्रम नै बन्द गराउन निर्देशन दिनु लज्जास्पद बिषय हो एकातिर आफुलाइ कम्युनिस्ट पार्टीको सदस्य भनेर चिनाउन चाहने अर्कोतिर आफैले सार्वजनिक गरेको बिषयमा केन्द्रीत भएर प्रश्न शोध्दा जवाफ दिने हैसियत समेत राख्न नसक्ने भएपछि किन सम्पत्ति विवरण पेश गर्नुपर्ने अचम्म लाग्दो कुरा छ ।

अहिले सार्वजनिक गरिएको सम्पत्ति विवरण प्रधानमन्त्री केपी शर्मा ओलिका धेरै जसो मन्त्री महोदयले श्रीमतीको दाइजो भनेर दिनु बाट के कुरा स्पष्ट हुन्छ भने अहिलेका मन्त्री संग आफुले कमाएको सम्पत्ति समेत आफ्नो हो भन्ने नैतिक साहस देखिएन सबैभन्दा सजिलो बनावटी जवाफ भनेको श्रीमतीको पेवा दाइजो भनी दिएपछि नत सरकार लाग्ने नत अख्तियार लाग्ने नत सम्पत्ति शुद्धीकरणले नै छानबिन गर्ने धेरै सजिलो विधि अपनाएको छन् साच्चै हाम्रो मन्त्रीहरूको दिमाग लाई मान्नैपर्छ ।

नेपाल टेलिभिजनको कार्यक्रममा अहिले शोधे जस्तो प्रश्न शोध्न मिल्ने थियोे कि थिएन कित पहिले नै निर्देशन दिनुपर्ने मलाई अप्ठ्यारो पार्ने प्रश्न नशोध्नु है भनेर जब कार्यक्रममा सिधा प्रश्न को जवाफ माग्दा मन्त्रीको ठाडो निर्देशनमा चलिरहेको कार्यक्रम नै बन्द हुन्छ भने देशमा कस्तो खालको शासन प्रणाली चलिरहेको छ भन्ने कुरा यहाँ ब्याख्या गरिरहनु नपर्ला जस्तो लाग्छ ।

सरकारले सार्वजनिक गरेको मन्त्रीको सम्पत्ति विवरण फाराम भर्दा खेरि कसरी भरिया के के कुरा लेखियो आफुसंग के के थियो श्रीमती संग के के थियो भनेर लेखियो त्यो कुराको समेत हेक्का नभए पछि कार्यक्रममा पत्रकारले जवाफ माग्दा जे हो त्यो दिने कि उल्टै पत्रकार संगै प्रश्न शोध्ने मैले सार्वजनिक गरेको सम्पत्तिमा आफु मन्त्री भइसकेपछि आफ्नो बैंक खातामा दुई लाख रूपैयाँ घटिसकेको बताउदै अब त्यो रकम कसले पुर्ति गरि दिन्छ भनेर शोध्ने मन्त्री महोदयको दिमाग लाई मान्नै पर्छ ।

नेपाल सरकारका प्रबक्ता समेत रहनु भएका लामो समय पत्रकारिता मै जीवन बिताउनु भएका मान्छे संचार राज्य मन्त्री हुदै अहिले संचार मन्त्री हुदा त यस्तो अबस्था आउछ भने अरू काम कुरा नबुझेका मान्छे मन्त्री हुदा कसरी प्रेस स्वतन्त्रताको अपेक्षा राख्न सकिन्छ ।पुस्तकका पाना भित्र प्रेस स्वतन्त्रता लेखेर नहुने रहेछ मुख्य कुरा काम र ब्यबहारमा त्यो कुरा छ कि छैन भन्ने कुरा नै प्रमुख कुरा हो रहेछ ।

छिमेकी मुलुक चीनका रास्ट्रपति सिजि पिङले ब्यक्तिगत सम्पत्ति राख्ने मान्छे कम्युनिस्ट पार्टीको सदस्य हुन सक्दैनन् भनेर भनिरहदा नेपालका कम्युनिस्ट पार्टीका मान्छे मन्त्री भए पछि सम्पत्ति सार्वजनिक गर्दा लाखौं लाख बैंक ब्यालेन्स र सयौं टोला सुन र चाँदी अनि घर देखाउनु कति सान्दर्भिक हुन्छ ।चीनको कम्युनिस्ट पार्टी र हाम्रो देशको कम्युनिस्ट पार्टीका सदस्य बिच के कति अन्तर रहेछ भन्ने कुरा पनि स्पष्ट भएको छ ।
अहिले नेपाली जनताले केही आशा गरिरहेका मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरणले आशा हैन जनतामा निराशा छाएको छ ।

अहिले जुन दाइजोको कारणले जुन कुरा तरङ्ग ल्याएको छ यसलाई बेला छदै समाधान गर्न सकिएन भने यसले थप समस्या ल्याउन सक्छ ।नेपाली जनताको अगाडि कुरा गर्दाखेरी टिक्ने कुरा गर्न जरुरी छ एकातिर आफुलाई कम्युनिस्ट पार्टीको सच्चा सिपाही भन्ने अनि फेरि भएको सम्पत्ति भर श्रीमतीको पेवा हो दाइजोहो भनेर भ्रम पार्नुको अब अर्थ छैन ।

आफुले बोलेको कुरामा अडान राख्न नसक्ने अनि प्रश्न शोध्ने पत्रकार लाई कार्यक्रम गर्न नदिएर प्रेस स्वतन्त्रता हनन गर्ने काम तत्काल बन्द गर्न जरुरी छ जुन बिषयलाइ भनेर कार्यक्रम बन्द गर्ने निर्देशन दिने काम भयो त्यसलाई सच्याउन जरुरी छ नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाले अहिले भएको घटनालाई सामान्य रूपमा लिएर चुपचाप बस्नु हुदैन अहिले बुढी मरि भन्ने पिर हैन प्रेस स्वतन्त्रतामा काल पल्कीयो भन्ने चिन्ता गर्न जरुरी छ ।
अहिले जुन गल्ती संचार मन्त्री गोकुल बाँस्कोटाले गर्नु भएको छ यसलाई सच्याउन जरुरी छ ।प्रश्न शोधेकै भरमा पत्रकार हटाउने कार्यक्रम रोक्न लगाउने जङ्गे प्रबृत्तिको भने अन्त्य गर्न जरुरी छ यहाँ प्रेस स्वतन्त्रताको ग्यारेन्टी मुखले हैन ब्यबहारमा गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung