जलजला गाउपालिका–४ फड्केढुङ्गा पर्बतमा ७ दिने उद्घोषण तथा आधारभुत तालिम सम्पन भएकोे छ । जलजला गाउपालिकाको आर्थिक सहयोग र महिला जागरण आमा समुहको आयोजनामा कार्यक्रम सम्पन भएको हो ।
सो तालिममा वाड नम्बर ४ भित्रका १२ वटा आमा समुहका ६० जना महिलाहरुले सहभागीता जनाएका थिए । कार्यक्रमको समापन समारोहमा वोल्दै जलजला गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले वर्तमान समयमा महिलाहरुको पनि नेतृत्व तहसम्म पुग्न थालेकाले बोल्ने शैलीलाई पनि परिवर्तन गर्दै जानुपर्ने बताएका छन । हरेक तहमा समान सहभागीता हुनुपर्ने बताउदै“ सामाजिक क्षेत्रमा पनि क्रियाशिल बन्नुपर्ने बताए ।
जलजला गाउपालिका–४ भित्र रहेका महिलाहरुमा बोलीको बिकास तथा अन्य आधारभुत व्यवहारिक ज्ञानको विकास होस भन्ने उद्येश्यले तालिमको आयोजना गरिएको महिला जागरण आमा समुहकी अध्क्षय ज्योति मल्लले वताईन ।
तालिममा संचारकर्मी भुमि सुवेदी तथा गाउपालिककी महिला तथा बालबालिका निरिक्षक अनिता कुमारी शर्माले प्रशिक्षण दिएका थिए ।



















































































































































































































