लायन्स क्लब अफ बागलुङले आफ्नो नियमीत बैठक पर्यटकीय नगर पर्बत जिल्लाको जलजला गाउँपालिकाको बनौमा शनिबारदेखि सम्पन्न भयो ।हामी सेवा गर्छौ भन्ने उदेश्य साथ स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले सामाजिक सेवाको क्षेत्रमा सकारात्मक काम गरेको कारण नेपालमा क्लब खोल्ने क्रम बढिरहेको लायन्स क्लब ३२५ बि १ नेपालका डिपार्टमेन्ट अफिस राजेशचन्द्र राजभण्डारी लायन दुर्गा बहादुर कुँवरले मन्तब्य ब्यक्त गरेका थिए । 
जिल्ला जिल्लामा भएका पर्यटकीय केन्द्रको प्रचारप्रसार अभियान लाई सफल बनाउन बढी भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन पनि क्लबले बैठक आयोजना गरेको क्लबका अध्यक्ष युक्त सुवेदीले बताए ।कार्यक्रममा लायन्स बागलुङका सुर्य चापागाईंले आफ्नो जन्म दिनको अवसरमा स्वास्थ कोषको लागि ३ हजार नगद प्रदान गरेका थिए ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब बागलुङका अध्यक्ष युक्त सुवेदी स्वागत लायन बर्ष २०१८र२०१९ का अध्यक्ष प्रकाश चालिसे संचालन केशव सापकोटाले गरेका थिए ।



















































































































































































































