३२ असार २०८२, बुधबार

 

सात दिनदेखि काठेखोला ५ का भानुभक्त रिजाल अझै बेपत्ता,खोजि गरिदिन परिवारको आग्रह

बाग्लुङ जिल्ला काँठेखोला गाउँपालिका ५ कर्लिम साबिक बिहुँकोटका खिमान्नद रिजालका जेष्ठ पुत्र भानुभक्त रिजाल गत जेठ २७ गतेबाट हराएक थिए । उनी हराए लगतै परिवारले ईलाका प्रहरी चौकि बिहुँमा जानकारी गराएपनि उनि अझै भेटिएनन् उन पिता भन्छ्नः मलाई एकपट कतै जान्छु बुबा भनेको भए पनि यति पिडा त महसुस हुने थिएन होला नि कति निर्दयि रहेन्छ कुन्नि बुढेकाल मा यति धेरै पिर थेग्न नसकिने रहेछ उनले हामिसंग रुदै भने कहाँ गयो भनेर खोज्ने बाग्लुङ मा रहेका तथा देश का बिभिन्न ठाउँ रहेका आफ्न ईष्टमित्रको खोजियो गाउँका पाखापखेरा सबै ठाउँ खोजियों तर कतै भेंटिएन ।

हाम्रो गुनासो कस्ले सुनिदिने बाबु न केहाँ जानु न कस्लाई सोध्नु दैब पनि कति निष्ठुरी हुदोरहेछ कुन्नि आज ७औ दिन बित्यो कुनै अत्तोपत्तो छैन भन्दै भक्कानिएर थिए ।उनकि श्रीमति आफै बिरामि छन् । त्यहीमाथि यति ठुलो पिडा ले मन बलिरहेको कस्लाई देख्ने वितिकै आँशु बलिन्द्रधारा बग्हाल्ँछन् । समालिहिनै सक्दिनन् ।

स्थानिय हरि रिजाले भने, नेपालि सेना नेपाल प्रहरी समेतको पहलमा यसै क्षेत्र खोल्सा खाल्सि बनपाखा डुल्दा सम्म पनि कतै भेटाउन सकिएन

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung