गुहेली संचार सहकारी संस्था लिमिटेडबाट प्रकाशित जननिगरानी साप्ताहिकले आफ्नो प्रथम बार्षिकोत्सव समारोह
बागलुङ सदरमुकाममा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
कार्यक्रममा बागलुङ जिल्लाका प्रदेश नम्बर ४ माननीय सांसद ईन्दलाल सापकोटा समाजमा जे काम गरिन्छ त्यसै बाट बाँच्ने आधार बनाउन जरुरी छ त्यो नभएसम्म अब चल्न सकिदैन भने ।पत्रकारिता चुनौतीको पेशा हो यसलाई सकारात्मक ढंगले कलम चलाउन जरुरी भएको सापकोटाले बताए ।मध्य पहाडी लोकमार्ग बागलुङ जिल्लामा मात्रै १४७ किलोमिटर परेको कारणले पनि बागलुङ भविष्य राम्रो भएको यसलाई राम्रोसँग चिन्न जरुरी रहेको सापकोटाले बताए ।
अबको ५ बर्ष भित्र बागलुङ जिल्लाको सबै ठाउँमा सडक संजाललाइ ब्यवस्थित गर्न सकिने अहिले त्यहीँ अनुसार बजेट बिनियोजन भइरहेको सापकोटाले भने ।कार्यक्रममा काँठेखोला गाउँपालिकाका
अध्यक्ष अमर थापा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी राष्ट्रिय सहकारी बैंकका केन्द्रीय संचालक रामबहादुर जिसी जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम प्रगतिशील पत्रका संघका सचिव बिजय रानाले जननिगरानी पत्रिकाले छोटो समयमा सकारात्मक भुमिका खेलेको हुदा यसलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
कार्यक्रममा जननिगरानी साप्ताहिकमा स्तम्भ र समाचार लेखेर सहयोग गरेको भन्दै पत्रकार राजेशचन्द्र राजभण्डारी एक बर्षसम्म नियमित बिज्ञापन दिएर सहयोग गर्ने जनप्रिय टेलर्सका सुजन परियारलाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटा र बिशिष्ठ अतिथि काँठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापालाई गुहेली संचार सहकारीकाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
बार्षिक उत्सवको अध्यक्षता गुहेली संचार सहकारी संस्था लिमिटेडका अध्यक्ष खिम बहादुर कार्की स्वागत सम्पादक नवीन शिशिर विक संचालन सचिव सुर्यबहादुर थापाले गरेका थिए ।







































































































































































































