२१ असार २०८२, शनिबार

 

वडा कार्यालयको खर्च कटाएर विरामीको उपचारको लागि सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालयले मसलन्द शिर्षकको रकमलाई विरामीको उपचारको लागि सहयोग गरेको छ । वडा कार्यालयको बैठक लगायतको लागि छुट्टाईएको रकमलाई बचाएर रु २० हजार घारका स्थानीय अगुवाफौद बहादुर बरुवालको उपचारको लागि सहयोग गरिएको हो ।

शुक्रवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाको बिशेष उपस्थितमा आयोजित एक कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसा दबरुवालले सो सहयोग रकम उपचाररत बरुवाललाई हस्तान्तरण गरेका थिए ।।

सक्तविराई भएर उपचार गराईरहेका घारका अगुवा बरुवाललाई उपचारमा सहयोग पुगोस भनेर वडा कार्यालयको अन्यखर्चलाई समेट कटौतीगरि सहयोग गरिएको वडा अध्यक्ष बरुवालले जानकारी दिए ।

‘‘ उनले गाउँको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान दिएका थिए , अहिले रोगले थलिएर उपचाररत हुनुहुन्छ, उनको उपचारमा सहयोग पुगोस भनेर कार्यालयको अन्य खर्चलाई आन्तरिक रुपमै व्यवस्थापन गरि वडाका जनप्रतिनिधिको तर्फबाट सो सहयोग गरेकाहौँ’’–वडा अध्यक्ष बरुवालले भने ।

उपचाररत बरुवाल नेपालको विभिन्न राजनैतिक परिवर्तनका आन्दोलनहरुमा सक्रिय सहभागीता जनाएका छन् । उनी पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीको गाउँ स्तरीय नेतृत्वमा रहेर स्थानीय विकास निर्माणको क्षेत्रमा क्रियाशिल थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung